लभ स्टेशनमा प्रदीपको मिहिनेत

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

यही चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ स्टेशन’का नायक प्रदीप खड्का प्रमोशनमा निकै खटिएका छन् । बिशेष गरी चलचित्र निर्माण टिमसँगै नायक खड्का पनि बिगत एक महिना भन्दा बढी समयदेखी दिनहुँ बिभिन्न प्रमोशनका शैली अपनाइरहेका छन् । यस अघिको ‘रोज’ चलचित्र ब्यवासायिक हिसाबमा असफल देखिएपछि उनलाई ‘लभ स्टेशन’ सफल मनाउनु छ । ‘आफूले निकै मिहिनेत गरेको चलचित्र दर्शकसम्म जानकारी पुगोस् भन्ने हेतुले म आँफै खटिने गर्छु’ प्रदीपले भने । उनी यसभन्दा अघिका चलचित्रमा पनि यसैगरी खटिने गरेका थिए ।

केहि दिन अघिमात्रै प्रदीप फागु पुर्णिमाको अवसरमा पोखराका दर्शकसँग होली मनाएका थिए । यस्तै काठमाडौंका बिभिन्न क्याम्पसहरुमा उनी प्रमोशनका लागी गइरहेका छन् । ‘लभ स्टेशन’को बिषयमा सम्पुर्ण दर्शकलाई जानकारी गराउनु आफ्नो दायित्व भएको उनी बताउँछन् । ‘चलचित्र बनाएर मात्र हुँदैन, दर्शक समक्ष यो चलचित्र आउँदैछ है भन्ने जानकारी कुन तरिकाबाट दिन सकिन्छ भनेर केहि फरक तरिका पनि अपनाउँदै आएका छौं’ प्रदीपले थपे । प्रदीप केहिदिन अघिमात्रै राजधानीको पद्यम कन्या क्याम्पसमा पनि पुगेका थिए । उनी धुर्मुस सुन्तली फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्रको बिषयमा बिद्यार्थीलाई जानकारी गराउन पुगेका थिए । यस्तै शनिबार राखिएको पत्रकार भेटघाट कार्यक्रममा पनि उनले चलचित्रको बिषयमा जानकारी दिए । प्रदीप र जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्र उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । गोबिन्द शाही प्रस्तुतकर्ता रहेको यो चलचित्र प्रेमकथामा आधारीत छ ।