क्षती भोगेका पिडितलाई ‘लभ स्टेशन’को ५० हजार

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चलचित्र ‘लभ स्टेशन’ टिमले पनि आईतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती भोगेका पिडितलाई सहयोग गरेको छ । अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेशनका प्रस्तुतकर्ता गोविन्द शाहीले एक पत्रकार भेटघाटको कार्यक्रम मार्फत क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताएका हुन् ।

आफु र चलचित्र लभ स्टेशनको तर्फबाट प्रस्तुतकर्ता शाहीले बारा जिल्लाका हावा हुरी पीडितहरुका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गगरेका हुन् । उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् । हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने पनि बताएका छन् । उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेशन २२ चैतबाट देशव्यापी सिनेमा हुँदैछ ।