शाहरुख खानका छोरा आर्यन खानले ‘तख्त’बाट बलिउड डेब्यू गर्दै

मुम्बई, एजेन्सी ।

हाल बलिउडका स्टार किड्सको चलचित्रमा डेब्यू गर्ने जारी रहेको छ । पछिल्लो समय जान्ह्वी कपुर र सारा अली खानले बलिउड सिनेक्षेत्रमा डेब्यू गरेर सर्वाधिक चर्चा कमाएका थिए । अब भने बलिउडमा किंग खान अर्थात शाहरुख खानका छोरा आर्यन खानले बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको छ । उनले करन जोहरको चलचित्र ‘तख्त’ बाट बलिउडमा डेब्यु गर्ने खबर बाहिरिएको हो । आर्यनले यस चलचित्रमा अभिनयबाट बलिउड डेब्यु भने गर्न लागेका हैनन् । उनले यस चलचित्रबाट सहायक निर्देशनबाट बलिउडमा काम सुरु गर्न थालेका हुन् । सिद्धार्थ मल्होत्रा र वरुण धवनले जस्तै बलिउडका अन्य थुप्रै कलाकारहरुले अभिनयमा आउनुभन्दा अगाडि सहायक निर्देशनको रुपमा काम गरेर चलचित्रको बारेमा जानकारी हासिल गरेका थिए । २१ बर्षिय आर्यनले हालै अमेरिकाको क्यालिफोर्नियाबाट फिल्म मेकिंगसमबन्धि अध्ययन पुरा गरेका छन् ।

फिल्मफेयरले बताएअनुसार आर्यनले यस चलचित्रका लागि सहायक निर्देशनबाट बलिउडमा काम सुरु गर्न थालेका हुन् । करण जोहरको निर्माण र निर्देशन रहने यस चलचित्रमा आर्यनले सहायक निर्देशकको भूमिका निभाउने भएका छन् ।एक अन्तर्वार्तामा शाहरुख खानले आफ्ना छोरा आर्यनले चलचित्रमा अभिनय भन्दा चलचित्र मेकिंगमा बढी रुची राख्ने गरेको बताएका छन् । यसै कुरालाई पुष्टि गर्दै आर्यनले सहायक निर्देशकबाट आफ्नो बलिउड क्यारियर सुरु गर्न लागेको खबर बाहिरिएको छ । रणवीर सिंह,आलिया भट्ट, करीना कपूर खान, जाह्नवी कपूर, अनिल कपूरलगायतको अभिनय रहने यस चलचित्रको अब छिटै सुटिंग शुरु हुने बताइएको छ ।