काहाली लाग्दा दिनहरू सम्झिदां भक्कानिन्छु : सन्नी लियोन

मुम्बई , एजेन्सी ।

बलिउड चलचित्र 'जिस्म २’बाट बलिउडमा डेब्यू गरेकी सन्नी लियोन हाल आफ्नो जीवनीमाथि बनिरहेको ‘करनजीत कौर-द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम तयारीमा जुटिरहेकी छिन्। उनी तयारीमा जुटिरहँँदा बितेका काला दिनका केहि नमिठा अध्यायहरू सम्झिदां आँखामा आँशु आउने गरेको बताएकी छन्। उनी पछिल्ला समयमा आफूले बिताएका काहाली लाग्दो समयलाई सम्झिदैँ बेलाबेलामा भक्कानिने गर्छिन् ।

उनले भनिन् 'बितेका ती काहाली लाग्दा दिनहरू सम्झिदां म एकदमै भक्कानिन्छु। म ती दिनहरूलाई नराम्रो सपना मानेर छिट्टै बिर्सन चाहन्छु। जीवनका ती काला दिनहरू फेरि एकपटक याद गर्नु मेरा लागि सहज छैन। जुनबेला मेरा पिता क्यान्सरसँग जुँधिरहनुभएको थियो त्यहीबेला मेरी आमाको निधन भयो। त्यसको केहि समयपछि पिताले पनि छोडेर जानुभयो । त्यसपछि मैले विवाह गरें । अनि बल्ल मलाई एउटा भारतीय टिभी शोमा आउने आमन्त्रण मिल्यो।'उनले थपिन्। ‘केहि परिस्थिति दुखदायक थिए, जसलाई म यादै गर्न चाहन्न। सुटिङको बेला मैले आफूलाई सम्हाल्नै सकिन, म रोएँ। म रोएको देखेर मेरा पति डेनियल वेबरसमेत डराए। उनी अशाहय महशुस गरिरहेका थिए किनकी उनले मेरा जीवनका ती काला पानाहरू ठीक गर्न सक्दैनथे। आफ्ना परिवारलाई गुमाउनु एकदमै डरलाग्दो र दुख लाग्दो कुरा हो ।'

पछिल्लो पटक उनी अभिनित चलचित्र ‘तेरा इन्तजार’ सन् २०१७ मा प्रर्दशनमा आएको थियो । सन्नीले ‘रईस’,‘एक पहेंली लिला’ तथा ‘वान नाइट स्ट्याण्ड’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । अब उनी छिट्टै मलयालम चलचित्रका सुपरस्टार माम्मुटीसँग ‘मधुरा राजा’मा देखिदैं छिन् भने ‘रंगीला’ चलचित्रमा उनी मूख्य भूमिकामा अभिनय गर्नेछिन्। सन्नीको बायोपिक वेव सिरिज जी फाइभ ओटिटिमा आँउदो शुक्रबार सार्वजनिक हुँदैछ।