फेरी बिवादमा फसिन् कंगना

मुम्बई (एजेन्सी) ।

प्राय बिभिन्न बिषयमा आपति जनाएर बिवादित भइरहने बलिउड अभिनेत्री कंगना रनावत फेरी बिवादमा फसेकी छिन्। चलचित्र ‘मेन्टल है क्या’का कारण उनी बिवादमा फसेकी हुन्। 'मेन्टल है क्या' लाई लिएर धेरैले कंगनाविरुद्ध अभिव्यक्ति दिन थालेपछि उनकी बहिनी रंगोली चन्देलले ट्विटर मार्फत् त्यसको प्रतिरक्षा गरेकी छिन् ।

कंगनाको तर्फबाट भन्दै उनले ‘मेन्टल है क्या’ चलचित्रले उठाएको बिषयले सबैलाई गर्व महसुस गराउने दावी गरेकी छिन्। उनले यस्तो विषय बहस ल्याउनका लागिनै चलचित्रमा समावेश गरेको जनाएकी छिन्। चलचित्र ‘मेन्टल है क्या’ले मेन्टल हेल्थसँग जोडिएको संवेदनशील विषयलाई उडाएको आक्षेप कंगनामाथि लाग्दै आएको छ। इन्डियन साइक्र्याट्री सोसाइटीले फिल्ममाथि अब्जेक्सन गरेको थियो। चलचित्रको टाइटल नै फेर्नुपर्ने माग उनीहरुले गरेका छन्। सेन्सर बोर्डलाई पत्र लेख्दै उनीहरुले चलचित्रको टाइटल फेर्नुपर्ने बहस अगाडि बढाएका हुन् ।