‘लिभिङ टुगेदर’मा आलिया र रणवीर

मुम्बई (एजेन्सी) ।

पछिल्लो समयदेखि सेलिब्रेटीहरुमा ‘लिभिङ टुगेदर’को परम्परा देखिन थालेको छ । यसैक्रममा बलिउड 'लभ बर्ड' अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अब ‘लिभिङ टुगेदर’मा रहने भएका छन् । भारतिय मिडियाका अनुसार उनीहरु बिवाह अगाडीनै नयाँ घर लिएर सँगै बस्ने भएका छन्। अक्सर यी दुई आफुहरुको प्रेम सम्बन्धले गर्दा उच्च चर्चामा रहेका हुन्छन् । आलिया र रणवीर एकअर्कालाई डिनर डेट गरिरहँन्छन् र एकअर्काको साथमा रहिरहने हुनाले भारतिय मिडियाले बिभिन्न मसालेदार गसिप सार्वजनिक गर्ने गर्दछन् ।

केही दिन अघि मात्रै भएको एक अर्वाड फङसनमा यी दुईले किसेस एक्सचेन्ज गरेर यो सम्बन्धलाई आफ्नो परिवार र अडियन्स सामु झन गाढा बनाएका छन्। अब भने यी दुईले आफ्नो रिलेसनसिपलाई अर्को लेभलमा लैजाने तयारीमा छन् । हालै मात्र आलिया र रणवीरको एक भिडियो भाइरल भइरहेको छ ।

बताइएअनुसार उनीहरु एक फेमस वास्तुकला आंतरिक डिजाइन र निर्माण कम्पनीमा मिटिङका लागि पुगेका थिए । उक्त भिडियो हेर्दा यो अनुमान गर्न सकिन्छ कि अब उनीहरु एउटा घर किनेर लिभिङ टुगेदर रिलेसनमा रहने भएका छन्।