‘एभेन्जर्सः एण्डगेम’प्रति दर्शकको क्रेज,बिरामीनै बनायो !

एजेन्सी:

प्रर्दशनरत बलिउड चलचित्र ‘एभेन्जर्सः एण्डगेम’ प्रति दर्शकको यति क्रेज छ कि दर्शकहरु धरधर्ती रोएका छन् । मार्वलको सुपरहिरो सिरिज ‘एभेन्जर्सः एण्डगेम’ सकिएको बियोगमा एक चिनियाँ युवतीको स्वास्थ्य बिग्रिएर अस्पताल नै भर्ना गर्नुपरेको जानकारी प्राप्त छ । उनलाई श्वास फेर्न नै गाह्रो भएपछि उनका साथमा चलचित्र हेर्न आएका ब्यक्तिहरुले उनलाई अस्पताल लग्नु परेको खबर प्राप्त भएको छ । चलचित्र हेर्न पुगेकी २१ वर्षिया युवती चलचित्र सकिएपछि निकै दुखित भएर घन्टौँसम्म रोएपछि उनको स्वास्थ्य नै बिग्रिएको थियो।

यस चलचित्र विश्वमै बढी कमाई गर्ने चलचित्रको टपमा पर्न सफल भएको छ। सार्वजनिक प्रर्दशन भएको एक हप्ता भित्रै बिश्वभरबाट ठूलो बजेट १.२ बिलियन डलर कलेक्शन गर्दै हलिउड बक्स अफिसले एक हप्ते बक्स अफिस कलेक्शनमा नयाँ रेकर्ड राख्न सफल भएको छ। यसअघि हलिउड बक्स अपिस कलेक्शनमा 'एवेंजर्सः इन्फिनिटी वार'ले ६४० मिलियन डलर कलेक्शन गरि नयाँ रेर्कड राखेको थियो  । हाल भने ‘एभेन्जर्सः एण्डगेम’ले नयाँ रेर्कड बनाएको छ । यसले अहिले सम्मकै बढी कलेक्शन गरेको हलिउड चलचित्र 'अवतार'लाई ओभरट्याक गर्ने सम्भावना रहेको छ। ‘एभेन्जर्सः एण्डगेम’ नेपालमा अप्रिल २६बाट प्रर्दशनमा आएको हो ।