दिवाकरको चलचित्रमा दीपिका र आर्यनको जोडी

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">आउँदै गरेको बैशाख २४ गतेलाई बिवाह मिति तय गरेका निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइको बिवाह अलिपछि धकेलिएको छ। कोर्ट म्यारिज गरी धुमधाम बिवाह गर्ने तयारीमा रहेका यि जोडी हाल एकै चलचित्रमा अनुबन्ध भएका छन्। बुझिएअनुसार दिवाकर एक लभस्टोरी चलचित्र निर्माण गर्ने तयारीमा जुटिरहेका छन्।&nbsp;उनले पछिल्लो पटक सफल चलचित्र ‘क्याप्टेन’ निर्देशन गरेका थिए ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्रको मुख्य भूमिकाकोलागि भट्टराईले आफ्नी प्रेमीका दीपिका र भर्खरै बुवा बनेका अभिनेता आर्यन सिग्देललाई लिएका छन्। चलचित्रकालागि आर्यनलाई अफर गरिएको थियो। आर्यनले चलचित्रको कथा मनपराएको जानकारी प्राप्त छ । बताइएअनुसार&nbsp;उनले चलचित्र साइन गरिसकेका छन्।&nbsp;</p><p style="text-align: justify; ">केही समयका हिट अभिनेता आर्यनले फेरी चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाउन प्रयत्न गरिरहेका छन्। बिवाहपछि एकाएक हराएका उनी फेरी पहिलाको जस्तै दर्शकको साथ माया, हौसला चाहान्छन्&nbsp; । यसअघि उनले अभिनय गरेको चलचित्र&nbsp; ‘हजार जुनी सम्म’ र ‘चच हुई’को प्रर्दशनको तयारीमा रहेको छ। दिवाकरले निर्माण गर्ने हाल नाम नखुलाइएको चलचित्रमार्फत दीपिका र आर्यनको जोडीलाई दर्शकले पहिलो पटक एकसाथ पर्दामा देख्न पाउने भएका छन् । हाल&nbsp; दीपिका&nbsp; ‘हेल्लो जिन्दगी’को छायांकनका लागि लण्डनमा छिन्।</p>