डी सिने अवार्डको ११औं संस्करण सम्पन्न

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

शनिवार डी सिने अवार्डको ११औं संस्करण सम्पन्न भएको छ । राजधानीमा एक विशेष समारोहकाबीच ११औं इएनआई छायाँछवि डी सिने अवार्ड –०७६ सम्पन्न भएको हो । अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा विगत ११ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको छ ।

अवार्ड समारोहमा उत्कृष्ट चलचित्रबाट छक्का पञ्ज –३ ले अवार्ड हात पार्न सफल भएको छ । यही चलचत्रबाट दीपाश्री निरौलाले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेकी छन् । अघिल्लो बर्ष २०७५ सालमा बिभिन्न हलमा आएका प्रर्दशन भएका चलचित्रमध्ये करिव ९० वटा चलचित्र यो अवार्डमा सहभागी थिए ।

छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ । छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६ बाट गायिका देवीका बन्दना र चलचित्र निर्देशन एवं कलाकार शोभित बस्नेतलाई प्रदान गरियो । त्यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत भएका छन्। नगतसहित पुरस्कृत तथा सम्मान गरिएको हो ।

डी सिने अवार्ड विजेताहरुः

कृटिकल अवार्ड –यात्रा
जुरी अवार्ड –डम्मरुको डण्डिवियो
ईन्करेजमेण्ट अवार्ड –श्रीदेव भट्टराई (चलचित्र सुकुल गुण्डा)

१. उत्कृष्ट पाश्र्वसंगीत
जैसन कुवर, प्रवेश मल्लिक भोर

२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह –समर लभ
३. उत्कृष्ट गीतकार
राजेश कुमार श्रेष्ठ –फूल होईन (रोज)
४. उत्कृष्ट गायिका
विन्दु परियार पहिलो नम्बरमा (छक्का पञ्जा –३)
५. उत्कृष्ट गायक
डेविड शंकर पहिलो नम्बरमा (छक्का पञ्जा –३)
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा पहिलो नम्बरमा (छक्का पञ्जा –३)
७. उत्कृष्ट संगीतकार
एलिस कार्की -फूल होइन माया (रोज)
८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ उम्लियो भने (जय भोले)
९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज तिम्रो लागि (राम काहानी)
१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. यात्रा अ म्यूजिकल भ्लग
११. उत्कृष्ट बालकलाकार
एञ्जल राई -हैरान
१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे (छक्का पञ्जा –३)
१३. उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग -चङ्गा चेट
१४. उत्कृष्ट कथा
दिपेन्द्र लामा -गोपी
१५. उत्कृष्ट पटकथा
सम्राट शाक्य (यात्रा अ म्यूजिकल भ्लग)
१६. उत्कृष्ट संवाद
शुशील पौडेल -प्रसाद
१७. नव नायिका
सुहाना थापा -ए मेरो हजुर –३
१८. उत्कृष्ट नव नायक
घिरज मगर -इन्टुमिन्टु लण्डनमा
१९. उत्कृष्ट नव निर्देशक
सम्राट शाक्य -यात्रा अ म्यूजिकल भ्लग
२०. उत्कृष्ट चरित्र अभिनेत्री
लक्ष्मी गिरी -छक्का पञ्जा –३
२१. उत्कृष्ट चरित्र अभिनेता
सरोज खनाल -क्याप्टेन
२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा -समर लभ
२३. उत्कृष्ट सह–अभिनेता
शलोन बस्नेत -यात्रा अ म्यूजिकल भ्लग
२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा -ए मेरो हजुर –३
२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल -छक्का पञ्जा –३
२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ -प्रसाद
२७. उत्कृष्ट अभिनेता
सलिनमान बानिया -यात्रा अ म्यूजिकल भ्लग
२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला -छक्का पञ्जा –३
२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ -सुहाना इन्टरटेनमेन्ट
३०. उत्कृष्ट चलचित्र
छक्का पञ्ज –३ -आमा सरस्वती मुभिज