हलमा ‘जात्रै जात्रा’ र ‘वीर वीक्रम २’ एकसाथ प्रदर्शनमा, कुन हेर्ने?

आर्टिष्ट खबर/जेठ काठमाडौं

आज शुक्रवारबाट दुई ठुला चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर वीक्रम २’ देशैभर एकसाथ प्रदर्शनमा उत्रिएका छन् । यी दुई चलचित्र यसअघिका चलचित्रको सिक्वेल हुन् । अर्थात सफल चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ हो भने ‘वीर वीक्रम’ चलचित्रको दोस्रो सिरिजको रुपमा ‘वीर वीक्रम २’ रहेको छ । यस अघिको जात्राको कथाको निरन्तरता ‘जात्रै जात्रा’मा हेर्न पाइने निर्माण टिमले जनाएको छ भने ‘वीर वीक्रम २’ वीर वीक्रमको कथा लगातार हुने छैन । यसमा कथा  र केहि कलाकार फेरिएका छन् । चलचित्र ‘जात्रै जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । यसअघि जात्रा र शुत्रगते चलचित्र निर्देशन गरेका प्रदीपको यी दुबै चलचित्र सफल भए । त्यसैले पनि उनलाई जात्रैजात्रा सफल बताउनुमा चुनौती छ। यसपटक सफलताको ह्याट्रिक गर्ने दाउमा छन् ।

जात्रै जात्रालाई मल्टीप्लेक्स सिनेमाहलले उच्च शो दिएको छ । राजधानी भित्र र बाहिरका लागी बुधबार साँझबाट मल्टीप्लेक्समा बुकिङ खुल्ला गरिएसँगै दर्शकको चासो बढेको देखिन्छ। अग्रिम बुकिङमा चलचित्रलाई क्यूएफएक्सले राजधानीको ५ स्टेशनमा १९ सोज बाँडेको छ । यस्तै, मोफसलतर्फ क्यूएफएक्सको पोखराको सिनेप्लेक्स हलमा ४ शो, चितवनको जलमा हल, नेपालगन्जको बाग्गेश्वरी हल र विर्तामोडको हलमा फिल्मले ३र३ सोजमा आफ्नो उपस्थिति जनाउँदैछ ।

यस्तै, राजधानीमा सञ्चालित अन्य मल्टीप्लेक्स हलहरुले क्यूज सिने र सिडिसी सिनेमाले फिल्मलाई ५,५ शो बाँड्दा बिग मुभिज, एफक्यूब, र विएसआर मुभिजले समान्तर ४ शो प्रदान गरेका छन् ।चलचित्रमा विपिन कार्र्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ। यस्तै चलचित्र ‘वीर वीक्रम २’ले पनि क्यूएफएक्स चेनले राजधानीको ५ स्टेशनमा १२ सोज पाएको छ । चलचित्रमा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ।