नगेन्द्र थापालाई ‘राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गर्ने घोषणा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशीलता र सम्मानको लागि हरेक वर्ष गर्दै आएको ‘राष्ट्रिय स्रष्टा सम्मान’ यसबर्ष पनि यहि २५ गते गर्दैछ । यसैबिच संघले साँतौ ‘राष्ट्रिय  स्रष्टा  सम्मान’ ,वर्ष  गीत पुरस्कार, वर्ष  गीत  पुस्तक  पुरस्कार, डायस्पोरा गीतकार सम्मान दिइने ब्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ। संघले यस वर्ष अमर  भावना गीतकार नगेन्द्र थापालाई ‘राष्ट्रिय  स्रष्टा सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ । थापालाई नगद रु. एक लाख १ रुपैंया सहित ताम्रपत्र र दोसल्ला  ओढाएर सम्मान गरिने संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

यस्तै हरेक बर्ष  प्रदान गरिदै  आएको  ‘डायस्पोरा  गीतकार सम्मान’ बिदेशमा  बसी नेपाली गीत लेखनमा  योगदान  पु¥याएको भन्दै हङकङमा बस्ने गीतकार  राम कृष्ण बान्तवालाइ सम्मान गर्ने भएको छ । बान्तवालाई नगद रु. ११ हजार नगद र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै संस्थाको अक्षयकोष निर्माणको अभियानलाई साथदिई अक्षयकोषका निम्ति नगद रु ११ लाख प्रदान गर्ने उधोगपति गीतकार श्री वसन्त चौधरीलाई सोहि कार्यक्रममा  अभिनन्दन गर्ने निर्णय  गरिएको छ ।यस्तै संस्थामा आबद्ध सदस्यहरुले वि.सं २०७५ मा सार्वजनिक गरेका र संस्थामा  विधिवत दर्ता हुन आएका गीतहरु मध्येबाट छनौट  समितिको सिफारिसमा ‘वर्ष गीत पुरस्कार २०७५’ प्रयोजनका लागि उत्कृष्ट १० गीतहरु पनि छनोट गरिएको छ। उक्त गीतहरुबाट छानिएको सर्वोत्कृष्ट गीतलाई साँतौ  स्रष्टा  सम्मान  तथा पुरस्कार  वितरण  कार्यक्रममा नै घोषणा  गरि नगद रु. ५१ हजार र प्रमाणपत्र  प्रदान  गरिने बताइएको छ । यस्तै वर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी  छनोट समितिले यस वर्ष पनि तिन पुस्तकहरु दिलको गजुर, पहाडको गीत र माया महल छनौट गरिएको छ । यी तीन पुस्तक मध्ये विज्ञ समितिले  छान्ने  एक पुस्तकलाई नगद रु ५१ हजार सहित प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए ।