‘कान्स’मा भामले हात पारे नर्वेजियन सरफन्ड अवार्ड

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">फ्रान्समा आयोजित ७२ औं कान्स फिल्म फेस्टिभलमा नेपाली निर्देशक मीनबहादुर भामले आफ्नो आगामी चलचित्रको लागि नर्वेजियन पुरस्कार हात पारेका छन् । उनले ‘अ इयर अफ कोल्ड’ (चिसो वर्ष) चलचित्रबाट नर्वेजियन सरफन्ड जितेका हुन्। कान्स फिल्म फेस्टिभलबाट उनले ६० हजार अमेरिकी डलर जितेका छन्। विश्वभरबाट ५२ वटा फिल्म स्क्रिप्ट सरफन्डमा सहभागी जनाएका थिए। निर्णायक मण्डलले चिसो वर्षसँगै अन्य ६ वृत्तचित्र तथा चार कथानक दुई डकुमेन्ट्रीलाई पनि छनोट गरेको छ। नेपालबाट भामसँगै अफगानिस्तानको ‘द पोष्टम्यान’, चीनको ‘द स्ट्रेन्जर’, इजिप्टको ‘एज आई वान्ट’, दक्षिण अफ्रिकाको ‘हाउ टू स्टील अ कन्ट्री’ र जर्जियाको ‘भेनिस’ले ६० हजार डलरकै ग्रान्ट जितेका हुन् ।</p><p style="text-align: justify; ">‘द इयर अफ कोल्ड’लाई सोनी फिल्मस्ले निर्माण गर्ने भएको छ । चलचित्र कथामा आफ्ना हराएका श्रीमान खोज्नका लागि गर्भवती पेमा र बौद्ध भिक्षु कर्मा हिमालयको एक लामो यात्रामा निस्कन्छन् । अन्ततः यात्राकै क्रममा उनीहरुको जीवन बदलिन्छ। यस्तै सुक्ष्म र संवेदनशील विषय बस्तुलाई मियो बनाएर पितृसत्तात्मक समाजमा महिलाको अधिकार एवं मान्यताको दैनिक संघर्ष कथामा समेटिएका छन्। नेपालको जीवन जिउने कला र समृद्ध संस्कृतिक विशेषता दुवै चलचित्रको मुख्य पात्रको यात्राको माध्यमबाट दुवै दर्शाइएको छ। भामले यस अघि स्वीट्जरल्यानडको भिजन सुदबाट ५५ लाख रुपैयाँ बराबरको फन्ड रकम र ‘कालो पोथी’बाट बर्लिन फिल्म फेस्टिभल अन्तर्गत वर्लड चलचित्र फन्डबाट ३९ लाख रुपैयाँ, जितिसकेका छन् ।&nbsp;</p>