बिनोद बने ‘प्रथम दिप्रुङ चुइचुम्मा स्टार २०७६’ को बिजेता

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

स्थानिय सरकार दिप्रुङ चुइचुम्मा गाउपालिका प्रदेश नं १, खोटाङद्धरा आयोजित पहिलो गायन प्रतियोगिता दिप्रुङ चुइचुम्मा स्टार – २०७६ को बिजेता बिनोद राई बनेका छन् । त्यस्तै फस्ट रनरअपको ट्रफि दिलिप राई उचाले, भने सेकेन्ड रनरअपको उपाधी रमेश खड्काले जिते । केही दिन अगाडी दिप्रुङ चुइचुम्मा गाउपालिकाको भवनमा भएको फाइनल कार्यक्रमबाट बिजेता छनौट गरिएको हो ।

बिजेता बिनोदलाई ६५ हजार नगद, ट्रफि, प्रमाणपत्र पाएका छन्, साथै १ गीत रेकर्ड समेत गराउने अवसर पाएका छन् । त्यस्तै क्रमश फस्ट रनरअप दिलिपलाई ३० हजार र सेकेन्ड रनरअपलाई १५ हजारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । बिजेताहरुलाई नगद, ट्रफि र प्रमाणपत्र दिपु्रङ चुइचुम्मा गाउपालिकाको अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी भुपेन्द्र राई, दिप्रुङ चुइचुम्मा गाउपालिकाको उपाध्यक्ष तथा कार्यक्रमका सम्योजक सपना राई र बिषेश अतिथी बरिष्ठ गायक शम्भु राईले प्रदान गरेका थिए ।

दिप्रुङ चुइचुम्मा स्टार – २०७६को फाइनलका निर्णायकहरुमा चर्चित गायक रुपकुमार राई, कन्काइस्ट राई, रोशन राई, केबी राई, सुवाश सर्जन र चर्चित गायिका कला राई रहेका थिए । पहिलो चरण दिप्रुङ चुइचुम्मा गाउपालिकाको दुई स्थान टेम्मा र पञ्चमि बजारमा गरिएको थियो । पहिलो चरणबाट २९ जना प्रतिस्पर्धीहरु छनौट भएका थिए । दोस्रो चरणबाट फाइनलका लागी ११ जना छनौट गरिएको थियो । पहिलो चरणको निर्णायकहरुमा गायक रोशन राई, निश्चल राई, केबी राई र तोरेम्पा रहेका थिए । दिप्रुङ चुइचुम्मा स्टार – २०७६को सम्योजक दिप्रुङ चुइचुम्मा गाउपालिकाको उपाध्यक्ष सपना राईले गरेकी थिइन्, भने उपसमिति सम्योजक काठमाडौबाट गायक रुपकुमार राईले रहेका थिए ।

गायन प्रतियोगिता कार्यक्रममा साङ्गितिक प्रस्तुतीहरुपनि धमाकेदार भएको थियो । कार्यक्रममा बरिष्ठ गायक सम्भु राईले दर्जनौ गीत प्रस्तुत गरे । उनको प्रस्तुतीमा दिप्रुङ चुइचुम्मा गाउपालिकाका युवा, वृद्धा र बालक सबै झुमेका थिए । साथै गायक कन्काइस्ट राई, रोशन राई, निस्चल राई, गायिका कला राई, अर्जुना राई, गायक केबी राई, सुवाश सर्जन लगायतले गीत प्रस्तुत गरेका थिए । उता चर्चित हास्य अभिनेता राई बुढा पार्वन राईले उपस्थित दर्शकलाई पेट मिचिमिची हसाएका थिए ।