‘धुम ४’ का लागी साहरुखको चर्चा

मुम्बई , एजेन्सी ।

बलिउड स्टार साहरुख खानले चलचित्र ‘धुम ४’मा काम गर्ने चर्चा चल्न थालेको छ । साहरुखलाई यशराज ब्यानरले हिट चलचित्रको सिरिजमा काम गर्नका लागि अफर गरेको खबर भारतीय मिडियामा उल्लेख छ । तर, खानले अहिलेसम्म चलचित्रमा काम गर्ने वा नगर्ने बिषयमा जवाफ दिएका छैनन् ।

साहरुखले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, अब बम्पर कमब्याकको प्रतिक्षामा छन् । यसका लागि, साहरुख खानले समय पर्खिरहेका छन् । साहरुखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । यसपछि, उनले थुप्रै चलचित्रमा काम गर्ने खबर सार्वजनिक भएपनि उनले काम भने गरेका छैनन् । साहरुखले यो चलचित्रमा भिलेनको रुपमा आफूलाई प्रस्तुत गर्नेछन् । चलचित्रमा अभिषेक बच्चन र उदय चोपडा पनि हुनेछन् । चलचित्र नयाँ निर्देशकले निर्देशन गर्ने बताइएको छ ।