रहेनन् बहुमुखी प्रतिभाका धनि गिरीश कर्नाड

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई, एजेन्सी ।</span></pre><p style="text-align: justify;">भारतका निर्देशक, स्क्रिप्ट राइटर तथा अभिनेता गिरीश कर्नाडको निधन भएको छ । वरिष्ट नाटककार समेत रहेका कर्नाडको सोमबार बैंगलोरस्थित ८१ वर्षको उमेरमा निधन भएको हो। भारतीय संचार माध्यमले जनाए अनुसार ‘पल्टिपल अर्गान फेलियर’का कारण उनको मृत्यु भएको हो। कर्नाड लामो समयदेखि अश्वस्थ थिए । उनको निधनले हाल साहित्य र सिने जगत निकै शोकमग्न रहेको छ र कर्नाटक सरकारले तीन दिनको राजकीय शोकको घोषणा गरेको छ । कर्नाडले १९७१ मा चलचित्र ‘भस्म ब्रिक्रक्षय’ मार्फत बलिउडमा&nbsp; डेब्यु गरेका थिए । उक्त चलचित्रबाट उनले ३ वटा फिल्म फेयर अवार्ड हासिल गरेका थिए । उनले अभिनय गरेका चर्चित चलचित्रहरुमा निशान्त, मनथान, स्वामी, पुकार लगायत पर्छन् ।</p><p style="text-align: justify;">&nbsp;<img src="http://artistkhabar.com/uploads/posts/9319121e6aeca1f06067bc8a71a366e61560233924.jpg" style="width: 673px;"></p><p style="text-align: justify;">६ दशक लामो समयसम्म भारतीय साहित्य, चलचित्र लेखन, निर्देशन तथा अभिनयमा बिताए गिरिश कर्नाड बहुमुखी प्रतिभाको धनि थिए । १९६० को दशकमा उनको लेखन आम मानिसको लागि परिचय बन्यो ।&nbsp; कन्नडको नाटकमा ५ दशक बिताएका उनी त्यहाँ दिग्गज नाटककारको रुपमा पुजिन्छन्। कर्नाडले कयौँ अंग्रेजी भाषाका नाटकलाई कन्नड र हिन्दीमा अनुवाद गरेका छन् । कर्नाड&nbsp;&nbsp;पछिल्लो समय सलमान खानको चलचित्र ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ मा देएिका थिए। उनको निधनमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले समेत शोक ब्यक्त गरेका छन् ।</p>