टाइगर र दिशाको ब्रेकअपका कारण आदित्य हुन् ?

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता टाइगर श्राफ तथा अभिनेत्री दिशा पाटनीको ब्रेकअपले यतिबेला बलिउड सिनेक्षेत्र निकै तातेको छ। लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका दिशा र टाइगर एकअर्कालाई डेट गर्दै आएका थिए । आकर्षक मान्नेहरु प्रसस्त रहेका यो जोडीलाई संगै लञ्च तथा डिनरमा देख्न सकिन्थ्यो। उनीहरुले मिडियालाई समेत आफ्नो सम्बन्ध बारे लुकाएका थिएनन् । उनीहरु आफूहरुकै अफेयरका कारण चर्चामा आइरहन्थिए। हाल भने दुबैको ब्रेकअप भएको खबर सार्वजनिक भइसकेको छ।

भारतिय मिडिया पिंकभिलाका अनुसार दिशा र टाइगरले छुटिट्ने निर्णय गरिसकेका छन् । पछिल्ला केही हप्तादेखि आफ्नो सम्बन्धका बारेमा निकै गम्भीर देखिएका उनीहरुले एकै पटकमा एकअर्काको साथ छोड्ने निर्णय गरेका हुन्। दिशा र टाइगरले सहमतिमै छुट्टिने निर्णय गरेको भन्दै केहि दिनअघि अर्को भारतिय मिडियाले पनि समाचार प्रकाशित गरेको थियो । उक्त समाचारका अनुसार दिशा तथा आदित्य ठाकरेको निकटता बढिरहेको बताइएको थियो । तर दिशा र आदित्यको  निकटताका कारण उनीहरु अलग हुनु पर्ने कारण थिएन । समाचारका अनुसार दुबैबीच धेरै अघिदेखिनै मतभेद जारी थियो । जसलाई उनीहरुले नै सुल्झाइरहेका थिए । हाल दिशा र टाइगरले आफ्नो प्रेमको सम्बन्ध राम्रो साथीमा परिणत गर्ने निर्णय गरेका छन् ।