‘म यस्तो गीत गाउँछु’को सिक्वेलमा दोहोरिएलान पूजा र पल?

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

२ बर्ष अघि प्रर्दशनमा आएको सर्वाधिक हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बन्ने भएको छ । हाल चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा कार्यरत निर्देशक तथा निर्माता सुदर्शन थापा अहिले अर्को नयाँ चलचित्र  ‘म यस्तो गीत गाउँछु’ २ को तयारीमा लागिपरेका छन्। चलचित्र ‘सम्हालिन्छ कहिले मन’को काम अझै नसकिएको कारण चलचित्रको नाम तोकिएको छैन ।

सुदर्शन थापाले फेसबुक मार्फत ‘म यस्तो गीत गाउँछु २’ बन्ने जानकारी दिएका हुन्। थापा हाल चलचित्रको कथामा काम गरिरहेका छन् भने चलचित्रको गीत संगीतमा संगीतकार अर्जुन पोखरेलले काम गरिरहेका छन् । चलचित्र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा नै निर्माण गरिने बताइएको छ।

यस चलचित्रमा कोको कलाकारको अभिनय रहनेछ भन्ने बारे हाल सम्म थापा केही बोलेका छैनन्। ‘म यस्तो गीत गाउँछु’का निकै रुचाइएको जोडी नायक पल शाह र नायिका पूजा शर्मा हुने वा नहुने बारे थापा मौन छन्। कलाकार र प्राविधिकको टिम हाल फाइनल भइनसकेको उनले जानकारी दिएका छन्। 'म यस्तो गीत गाउँछु'मा पूजापनि निर्माताको रुपमा थिइन् ।