मण्डलामा ‘मैनदानी’ मञ्चन हुँदै

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपाली नाटक ‘मैनदानी’ काठमाडौंको मण्डला थिएटर अनामनगरमा आउँदो शुक्रबार, असार १३ गतेबाट नाटक मञ्चन हुने भएको छ ।  एन्टन चेकवको छोटो कथा ‘द वर्क अफ एन आर्ट’माथि बनेको यो नाटकको नेपाली रुपान्तरण तथा निर्देशन संयोग गुरागाईँले गरेका हुन् । कथामा कला र त्यससँग जोडिएका विभिन्न सामाजिक एंव मनोवैज्ञानिक आयामहरुले आकर्षित गरेका कारण उक्त कथामा आधारित नाटक बनाएको उनले बताए । नाटकमा कलालाई समाजका विभिन्न पात्रहरुको कोणबाट हेरिएको छ ।

मैनदानीमा आयान खड्का, अंकित खड्का, विकास पन्त, देविशा लामिछाने, इंगी होपो कोँइच सुनुवार, मिलन कार्की, देविन चौधरी, नीकिता आचार्य, जेनी सुनुवार, रिजन परियार, सागर खाती लगायतका कलाकारहरु अभिनय रहेको छ । सिक्का इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको यो नाटक साउन ५ गतेसम्म मञ्चन हुने बताइएको छ ।