सडक नाटक ‘हाम्रो नगर’ मञ्चन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सन्देशमुलक सडक नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको छ । नागर्जुन न. पा. वडा नं २ को ढुंगेधारा वनस्थलीमा सडक नाटक ‘हाम्रो नगर’ मञ्चन गरिएको हो । नागर्जुन नगरपालिका वडा नं. २ को सहयोगमा, आश्रय नेपालको प्रस्ुतति, प्रतिभा गु्रप द्वारा प्रस्तुत सडक नाटक शुक्रबार मञ्चन गरिएको हो ।

निर्देशक रामकाजी घिमिरेले निर्देशन गरेको ‘हाम्रो नगर’ सडक नाटकमा कमल मैनाली, सरिता राजोउपाध्याय, विश्वदीप घिमिरे, जयराम सापकोटा, गायत्री पाण्डे, गीता थापा, शशि बुढाथोकी र रामकाजी घिमिरेको अभिनय रहेको थियो । नागर्जुन नगरपालिकालाई शान्ति विकास, वालमैत्री र उधमशिल नगरपालिकामा रुपान्तरण गर्नका लागी नगरबासी र नगर प्रतिनिधि सबै एक जुट भएर लागौ नेपालकै नमुना नगरपालीका बनाउ भन्ने उद्देश्यका साथै नगरवासीहरुको आय आर्जनमा घरमा कौसी, बार्तली, बगैचामा तराकारी बाली लगाई आय आर्जनमा वुद्धि गरौ र एकले अर्कालाई मदत गर्ने बानी बसाल्दै नगरको विकासका काममा र सरसफाईमा सबैको समान सहभागीता जनाउन अभिप्रेरीत स्वरुप सडक नाटक प्रस्तुत गरिएको हो ।

आगामी वर्ष यो नाटकलाई नगरको सबै वडामा प्रर्दशन गरी स्थानिय जनतालाई नगरको विकासमा सचेत गराउने कुरा आश्रय नेपालका राजेन्द्र पोखरेलले जानकारी गराए ।