सम्पन्न भयो ‘धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथीको रुपमा र बिशेष अतिथीको रुपमा शम्भुजित बास्कोटाको उपस्थितीमा शनिबार 'धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतीक कार्यक्रम' सम्पन्न भएको छ । धौलागिरी संस्कृतीक समितिको आयोजना रहेको कार्यक्रम अध्यक्ष कृष्ण समिप सुबेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सचिव सुजन बराईली लगायत अन्यले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए । यस कार्यक्रममा धौलागिरी साधना सम्मानको रुपमा बरिष्ठ गायकहरु जिवन शर्मा, खड्ग गर्बुजा, बिमलराज क्षेत्रीलाई सम्मान गरिएको थियो भने धौलागीरी युवा सम्मानको रुपमा कुलेन्द्र बिश्वकर्मा, बसन्त थापा, नवराज पन्त सम्मानीत भएका थिए। उक्त कार्यक्रममा विभिन्न कलाकार र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो । धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली अभिब्यक्ती रहेका थिए। धौलागिरी अञ्चलका सम्पुर्ण कलाकारहरुलाई एकिकृत गर्ने उदेश्यले यस समितिको आयोजना गरिएको समितीका अध्यक्ष कृष्ण समिप सुबेदीले बताए ।

समितिका अध्यक्ष सुबेदीले कार्यक्रम भब्य सभ्य रुपमा सम्पन्न भएकोमा सहयोगीदाताहरु, पत्रकारहरु, कलाकारहरु लगायत अन्य शुभचिन्तकहरु प्रति आभार प्रकट गरेका छन् ।साथै यस्तै माया अनि साथ सपोर्ट पाए पछि आगामी बर्षमा धौलागिरी अवार्डको आयोजना गरिने कुरा जानकारी गराए।