सांगीतिकसँगै फेसन रियालिटी शो आयोजना हुने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

विभिन्न सांगीतिक रियालिटी शोहरु भइरहेका बेला मोडलिङ र फेसनसम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ हुने भएको छ । यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ग्ल्यामर, फेशन र मोडलिङ क्षेत्रको वृद्धिविकास र ग्ल्यामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले सन् २००८ देखि ईमेज च्यानलले प्रारम्भ गरेको ‘मेगा मोडल’को यस सिजनमा इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोलोजी ‘आईआईएफटी’ र आकामा होटल पनि जोडिएका छन्। धुम्बाराहीस्थित आकामा होटलमा मंगलबार पत्रकार सम्मेलन गरी त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता पत्रमा आकामा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ,‘आईआईएफटी’का तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठ र आयोजक ईमेज च्यानलको तर्फबाट कार्यकारी निर्देशक पुजा मानन्धरले हस्ताक्षर गरे । कार्यक्रममा होटलका मार्केटिङ एण्ड शेल्सका निर्देशक कौशल सिंह, आईआईएफटीका प्रमुख कार्यकारी अधिकृत नाजिर हुसैन,कार्यकारी निर्देशक राजु सुवाललगायतका व्यक्तित्वहरु रहेका थिए । ईमेज च्यानलबाट प्रसारण हुने रियालिटी शो ‘मेगा मोडल–२०१९’का लागि आईआईएफटीका तर्फबाट विभिन्न राउण्डका लागि ड्रेस डिजाइन गर्नेछ । जसमा आईआईएफटीकै विद्यार्थीको फेसन क्रियशन रहने उक्त संस्थाका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको ‘आईआईएफटी’ले विगत केही वर्षयता फेसन डिजाइनिङसम्बन्धी अध्यापन गराउँदै आएको छ।त्यस्तै, ‘मेगा मोडल’सँग जोडिन आएका आकामा होटल हालै सञ्चालनमा आएको चार तारे होटल हो । यस होटलले हस्पिटालिटी पार्टनरको भूमिका निर्वाह गर्नेछ । होटलका महाप्रबन्धक राजु श्रेष्ठले मोडलिङसम्बन्धी रियालिटी शोमा जोडिन पाएकामा खुसी व्यक्त गरे। चाँडै नै ‘मेगा मोडल–२०१९’का लागि अडिसन सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसन काठमाडौंका अलावा  पोखरा, धरान, चितवनलगायतका मुख्य–मुख्य सहरमा हुने बताइएको छ । यसअघि मेगा मोडलको पहिलो संस्करण सन् २००८ मा स्वस्तिका राजभण्डारी, २०१० (सिजन–२)मा रश्मिता महर्जन र २०१५ मा (सिजन–३)मा अनुज्ञा चन्द विजेता बनेका थिए।