हाँसोलाई पेसा बनाउनेहरुका लागी ‘कमेडी च्याम्पिएन’को घोषणा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

पछिल्लो समय नेपालमा रियालिटी शो हरु बढिरहेका छन् । बिशेषगरी गायक रियालिटी शो हरु एकपछि अर्को गर्दै थपिएको बेला हाँस्य बिधालाई केन्द्रित गर्दै स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ पनि हुने भएको छ । हँसाउने बिधालाई पेसा बनाउन चाहानेहरुका लागी अवसरको रुपमा ‘कमेडी च्याम्पिएन’को बिहीबार घोषणा गरियो । यस प्रतियोगीता आगामि भदौबाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई  ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् । बिशाल नेपाली चलचित्रक्षेत्रका निर्देशक पनि हुन् । बिहीबार सम्पन्न पत्रकार सम्मेलनमा बिशालले लामो समयको सोँच पछि आफूले ‘कमेडी च्याम्पिएन’ गर्ने निर्णय गरेको बताए । उनले छिट्टै नै अडिसनमा निस्किने तयारी गरेको बताए । उनका अनुसार यो कुनै बिदेशी शोको फ्रेन्चाईज होइन । ‘यो कार्यक्रममा भाग लिन गुगल प्लेस्टोरमा गएर कमेडी च्यम्पिएनको एप्स मोवाईलमा डाउनलोड गर्ने । त्यसपछि नेपालबाट सम्पादन नगरिएको ३ मिनटको स्ट्यान्डप कमेडी भिडियो र बिदेशबाट ५ मिनटको सम्पादन नभएको स्ट्यान्डप कमेडी भिडियो आयोजक पक्षलाई पठाउनु पर्ने छ ।’ यिनै भिडियोलाई हेरेर निर्णयकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा कमेडी च्यम्पिएनसिपको अडिसन आफुहरु सहभागी हुन पाउने छन् ।

अडिसनबाट चयन भएकाहरु मध्य उत्कृष्ट २५ बाट उत्कृष्ट १५ हँुदै उत्कृष्ट ३ लाई फाईनलमा उतार्ने पनि कार्यक्रम निर्देशक, आयोजक भण्डारीले जानकारी गराए । उत्कृष्ट तीनबाट दर्शकको भोट  र निर्णायकको निर्णयको आधारमा एक जनालाई उत्कृष्ट कमेडी च्यम्पिएन घोषणा गरिने छ । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा चार निर्णयक रहनेछन् । बरिष्ठ हास्यब्यँग्य अभिनेता सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल,अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई यस प्रतियोगीताका निर्णायक छन् । सन्तोष पन्त हाँस्य कमेडी सिरियलमा तीनदशक अघि देखी दर्शकको मनमा बसेका कलाकार हुन् । उनीसँग हाँस्य क्षेत्रको लामो अनुभव छ। त्यसैगरी अभिनेता मनोज गजुरेल नेपालका स्ट्यान्डप कमेडी गर्ने कलाकारहरुको टप लिस्ट कलाकार हुन् । उनीसँग पनि स्ट्यान्डप कमेडीको लामो अनुभव छ । यसैगरी प्रदीप भट्टराई चलचित्र निर्देशक पनि हुन् । बिशेषगरी प्रदीपले अहिलेसम्म हाँस्यप्रधान चलचित्र निर्देशन गर्दै आएको र लामोसमय देखी यसैक्षेत्रको निर्देशकिय पाटो सम्हालेका कारणले पनि निर्माण टिमले उनलाई चयन गरेको छ । यस्तै अभिनेत्री ऋचा शर्मा चलचित्रमा अभिनय गर्ने अभिनेत्री हुन् । उनी हाँस्य मात्र नभई अन्य थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् । बरिष्ठ हास्यब्यँग्य कलाकार एवम् निर्णयक सन्तोष पन्तले आफुहरुको पालामा भन्दा अहिले कमेडी सेन्स दर्शक र कलाकारमा धेरै बढेको बताए ।  अर्का निर्णायक मनोज गजुरेलले अहिलेको पुस्ताको चाहना अनुसारको कमेडी कार्यक्रम बन्ने विश्वास सो कार्यक्रममा व्यक्त गरे । निर्णायक एवम् अभिनेत्री ऋचा शर्माले पनि नेपाली स्ट्यान्डप कमेडीमा यो पहिलो नम्बरको कार्यक्रम बन्ने बताईन् । अर्का निर्णायक प्रदीप भट्टराईले यो कार्यक्रममा धेरै राम्रा कमेडियन जन्माउने विश्वास सो कार्यक्रममा व्यक्त गरे । कार्यक्रममा अभिनेत्री तथा नेपाल आईडलकी सञ्चालिक रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । सान थापाले लेख्ने यो कमेडी च्याम्पिएनको निर्मातामा अभिनेत्री केकी अधिकारी सहित राज घिमिरे र सृजा थपलिया रहने छन् । निर्माता एवम् अभिनेत्री केकी अधिकारीले कसैलाई मनहानी नहुने गरी यो नेपालको उच्चस्तरीय स्ट्यान्डप कमेडी आफुहरुले बनाउने पनि कार्यक्रममा बताईन् ।