मनकामनामा ‘म यस्तो गीत गाउँछु २’को शुभ मूहुर्त, पल र पूजाको जोडी फाइनल

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

करिब २ वर्ष अघिनै निर्माण घोषणा गरिएको  चलचित्र  ‘म यस्तो गीत गाउँछु २’को मंगलबार गोरखा मनकामना मन्दिरमा स्कृप्ट पूजा गर्दै शुभ मूहुर्त गरिएको छ । सुदर्शन थापाको निर्देशन रहने यस चलचित्रकालागि मुख्य भूमिकामा पल शाह र पुजा शर्मा फाइनल भएका छन् । मूहुर्तमा पल र पूजा हेलिकोप्टर चढेर मनकामना पुगेका थिए ।

‘म यस्तो गीत गाउँछु २’को पहिलो पार्ट ‘म यस्तो गीत गाउँछु मा पनि पल र पूजा मुख्य भूमिकामा थिए । हिट साबित भएको उक्त चलचित्रमा दर्शकहरुले पल र पुजाको जोडीलाई निकै रुचाएका थिए। दुइको केमेष्ट्री हेर्न भएपछि दर्शक हलसम्म पुगेको पाइएको थियो । चलचित्र हेरीसकेपछि फेरी स्क्रिनमा यो जोडीलाई हेर्न पाए हुन्थ्यो भन्ने फ्यानहरुले एकपटक फेरी पल र पूजाको जोडी ठुलो पर्दामार्फत देख्न पाउँने भएका छन् । फागुन २३ गतेलाई आफ्नो प्रर्दशन मिति तय गरेको यो चलचित्रको  छायांकन भदौबाट शुरु हुनेछ ।