फिल्ममा अफर नआउँदा लगानी गनुपर्ने अवस्था आयोः भूवन चन्द

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपाली चलचित्रकी पहिलो नायिका भूवन चन्द अहिले निर्मात्री भएकी छिन् । चलचित्र ‘साईनो’मा लगानी गरेकी भूवनले चलचित्र निर्माणको क्रममा धेरै झमेलाहरु झेल्नु परेको बताइन् । बिहीबार ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै भूवनले निर्मात्री हुँदाको अनुभव सुनाइन् ।

भूवनले अहिलेसम्म कलाकार मात्र भएर चलचित्रमा काम गर्दा र निर्मात्री हुँदा निकै फरक पाएको बताइन् । ‘म अहिलेसम्म कलाकार मात्र भएकी थिएँ । चलचित्र कसरी हलसम्म पु¥याउनुपर्छ भन्ने थाहा थिएन । धेरै कुरा बुझँे । धेरे गाह्रो रहेछ ।’ भूवनले भनिन् । ‘चलचित्र निकै राम्रो बनाउने प्रयास गरेका छौं आशा छ सार्वजनिक ट्रेलर मन प¥यो होला ।’

भूवनले चलचित्र निर्माण गर्नुको कारण पनि कार्यक्रम मार्फत नै खुलाइन् । उनले पछिल्लो समय आफूजस्ता कलाकारलाई अफर नै नआउने भएकाले पनि चलचित्र निर्माण गर्नुपरेको समेत बताइन् । उनी भन्छिन् ‘यो क्षेत्रमा टिक्नका लागी पनि आफैले चलचित्र बनाउनु पर्ने अवस्था लागेछ ।’

यो चलचित्रको मुख्य भूमिकामा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राज कुमारलाई दर्शकले देख्न सक्नेछन् । रमेश थापाको निर्देशनमा तयार भएको चलचित्रमा अभिमन्यू निरवीको स्क्रिप्ट छ । चलचित्रका सह–निर्माता शरण थापा हुन् । चलचित्रमा रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन छ । चलचित्र आउँदो साउन २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।