हलमा अर्पण थापाको डरलाग्दो ‘घर’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

निर्देशक तथा अभिनेता अर्पण थापाको दोस्रो हरर चलचित्र ‘घर’आज साउन ३ शुक्रबारदेखि प्रर्दशनमा उत्रिएको छ। एक घरभित्र भुत-प्रेतले आतन्क मच्छाउँने कथामा आधारित यस डरदाग्दो चलचित्रको ट्रेलरले दर्शकलाई चलचित्रप्रति उत्साहित बनाइसकेको छ। यसअघि थापाकै निर्दैशनमा बनेको 'सुनकेसरी'ले सोचेजस्तो दर्शक पाउँन सकेन। चलचित्रले तर्साउने भन्दापनि हसाउँने भन्दै दर्शकले प्रतिक्रिया जनाएका थिए। यस चलचित्रले भने दर्शकको राम्रो साथ पाउँनेमा निर्देशक थापा ढुक्क छन् । उनले दर्शकले चलचित्र हेर्दा दर्शकको मनमा लगातार डर पैदा हुने बताएका छन् ।

निर्देशन सँगै चलचित्रमा अर्पण थापाको पनि अभिनय रहेको छ । उनको अलवा अस्मिता खनाल, बेनिशाा हमाल, सुरक्षा पन्त, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको मुख्य भूमिका रहेको छ । डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ।  सुरक्षा र अर्पणले चलचित्रमा श्रीमान श्रीमतीको भूमिका निभाएका छन् । शर्मिला पाण्डे र दीपेन्द्र के. खनाल निर्माता रहेको चलचित्रमा सुरज पाण्डे प्रस्तुतकर्ता रहेका छन्।  मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालले भुतको भूमिका निर्वाह गरेकी छिन्।