मंसीरमा आर्यनको कमेडी ‘च च हुई’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">निर्देशक साम्तेन भुटियाले पहिलो पटक बनाएको कमेडी चलचित्र ‘च च हुई’को प्रर्दशन मिति फाइनल भएको छ। यसअघि भुटियाले अनागत,तान्द्रो,साढेसात,जस्ता फरक बिधालाई समेटेर चलचित्र बनाएका थिए। एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र मंसीर ६ गते प्रर्दशनमा आउने भएको छ। </p><p style="text-align: justify; ">नायक आर्यन सिग्देल र नायिका मिरुना मगर मुख्य भूमिकामा रहेको यस चलचित्रमा आर्यन सिग्देलले पहिलो पटक कमेडी रोल गर्ने भएका छन्।अमृत घोले लामाको लगानी रहेको चलचित्रमा फिल्ममा आर्यन र मिरुनाको अलवा माओत्से गुरुङ,पुस्कर गुरुङ,भोलाराज सापकोटा,बबिता मल्ल लगायत कलाकारको अभिनय रहेको छ। सिजन दाहाल र संदेश अर्यालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुशन प्रजापतिको छायांकन रहेको छ। चलचित्रमा संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ।</p>