राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक गरिएको छ। अन्य भन्दा फरक शैलीका कार्यक्रम गर्दै काठमाडौंस्थित सर्वनाम थिएटरमा शुक्रबार उपन्यास सार्वजनिक गरिएको हो। उपन्यासलाई मात्र मञ्चमा राखेर गरिएको कार्यक्रममा उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरेका थिए । भाषाविद् वस्तीले ‘शकुनी’ उपन्यासको जटिल परिक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए।

‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ’, वस्तीले भने । यस्तै अर्का वक्ता राजकुमार बानियाँले शकुनी आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए । यसअघि ‘खेलौना’ र  ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो। गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासङ्ग्रह प्रकाशित छ।