पश्चिम युरोपको अग्लो हिमालमा श्रृङ्खला

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

गएको बर्षकी मिस नेपाल श्रृङ्खला खतिवडाले पश्चिम युरोपको सबैभन्दा अग्लो हिमाल मन्ट ब्लांकको गएको मंगलबार सफल आरोहण गरेकी छिन् । हिमालको उचाइ ४ हजार ८ सय १० मिटर रहेको छ। नेपाल र फ्रान्स कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाउँदै छन् । श्रृङ्खला यस कार्यक्रमकी सद्भावना दूत समेत हुन् । गत पुसमा फ्रान्समा युरोप मामिला तथा परराष्ट्र मन्त्रालयका महासचिव मोरिस गुर्दो मोन्तानको नेपाल भ्रमणका क्रममा उनलाई सद्भावना दूत नियुक्त गरिएको थियो। नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष अप्रिलमा २० मा पूरा भएको छ । बेलायत, अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध स्थापना गरेको चौथो मुलुक हो फ्रान्स। यही अवसरमा दुवै देशले वर्षभरी विभिन्न कार्यक्रम गरी स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छन्। सोही अवसरमा सद्भावना दूत श्रृङ्खलाले  फ्रान्स र इटालीको सीमा रहेको हिमाल आरोहण गरेकी हुन् ।

श्रृङखलाका साथमा फिल्म मेकर सिसन बानियाँ र प्रज्वल थापा मगरले पनि ब्लांक हिमाल आरोण गरेको फ्रान्सेली राजदूतावासले जनाएको छ । उनीहरुलाई हिमाल आरोहणमा आरोही अन्सेल्म बड र सिसि हर्जोगले गाइड गरेका थिए । आरोहणबाट फर्किएर खतिवडाले विश्व विख्यात साइकल ¥याली टुर डे फ्रान्समा समेत भाग लिने छिन् । उनले ¥यालीमा सम्मानित अतिथिका रुपमा भाग लिने छिन् भने साइकल चालकहरुसँग छलफलमा भाग लिनेछिन् । उनी जुलाई २८ तारिखमा  टुर डे फ्रान्सको पेरिसमा हुने समापन समारोहमा पनि भाग लिनेछिन्।