नेपाली फिल्मको भारतमा सहज सेन्सर

आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।

नेपाली चलचित्र भारतमा सहज रुपमा सेन्सर हुने भएको छ। चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको मुख्य पहलमा यो कामको सम्भव भएको हो। अधिकारीले सन् २०१७ जुलाई ९ मा भारतीय सेन्सर बोर्डका अध्यक्ष पहलाज निहलानीसँग भेट गरेर नेपाली चलचित्रको भारतमा सहज सेन्सरको लागि माग गर्दै पत्र बुझाएका थिए।

नेपाली चलचित्रको भारतमा सेन्सर गर्न अब नेपाली निर्माताले अनेकन झमेला झेल्नु पर्ने अवस्थाको अन्त्य भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन्। अब नेपाली चलचित्र सेन्सरका लागि अनलाइनबाट डेट लिन सकिने र नेपाली भाषाको स्क्रिप्ट नै सेन्सरका लागि समावेश गर्न सकिने उनले बताए। निर्माता, वितरकमध्ये कोही मुम्बई नगएर पनि भारत सेन्सर गर्न सकिने व्यवस्था नेपाल चलचित्र निर्माता संघले मिलाएको अध्यक्ष अधिकारी बताउँछन्। यसअघि नेपाली फिल्म भारतमा सेन्सर गर्न निर्माताले निकै झमेला खेप्दै आउनु परेको थिय । अब भने सहज हुने भएको छ।