दिलीपकी छोरी दिव्याले शिवहरीको ‘लक्का जवान’मा काम नगर्ने

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हास्य कलाकार शिवहरी पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’मा अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने चर्चा चलचित्र वृत्तमा चर्को थियो। हाल भने दिव्याले चलचित्रमा काम नगर्ने खबर सार्वजनिक भएको छ। अमेरिकामा अध्ययन गर्दै आएकी उनले अहिलेनै अभिनय तर्फ लाग्ने इच्छा नरहेको बताएकी छिन्। अभिनयका साथसाथै चलचित्र निर्माण र निर्देशनमा समेत हात हाल्ने आँट गरेका शिवहरीले दिव्यालाई चलचित्रमा डेब्यू गराउन खोजे पनि उनको अध्ययन पूरा नभएका कारण चलचित्रमा काम गर्न समय नभएको बताएका छन्।

हास्य कलाकार किरण केसीको जन्मदिनको अवसरमा घोषणा गरिएको यस चलचित्रको सह-निर्माताको रूपमा किरण र अभिनेता दिलीप रायमाझी रहनेछन्। आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ। प्रियंका कार्की फाइनल भइसकेको चलचित्रमा अन्य कलाकार र प्राविधिक पक्षबारे पछि जानकारी दिने निर्माण पक्षले बताएको छ।