‘पासवर्ड’की ‘कोड’ सन्नी लियोनी

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अहिले नेपाली चलचित्रले राम्रो बजार नपाइरहेका बेला चलचित्रका निर्माताहरु अनेक फण्डा गरेर भएपनि चलचित्र चलाउन चाहान्छन् । प्रदर्शन मिति अघि चलचित्रमा अभिनय गरेका कलाकारहरुको बिषयलाई मिडिया तथा सामाजिक सञ्जालमा ल्याउने र यत्रतत्र बनाउने फण्डा प्राय चलचित्रले गरिरहेका हुन्छन् । दर्शकसम्म जसरी पनि सुचना पुर्याउनु पर्छ भन्ने निर्माताहरुको दिमागमा त छ तर चलचित्र नै राम्रो बनाइयो भने कम प्रचारले पनि दर्शक तान्न सक्छ भन्ने तिर ध्यान दिइएको देखिदैन । यसैबिच आउँदो भदौको २७ गतेबाट नेपाली चलचित्र ‘पासवर्ड’ प्रदर्शनमा आउँदैछ । यसमा बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनले एक आइटम गीतमा डान्स गरेकी छिन् । जुन युट्युवमा सार्वजनिक भइसकेको छ । चलचित्रमा नेपाली कलाकारहरुको कुरा गर्दा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई राखिएको छ । उनीहरुको मुख्य भूमिका छ । यसरी चलचित्रमा सन्नी बाहेकका कलाकारमा हेर्ने हो भने केहि मात्रामा अनुहार चलेको भन्ने हो भने अनुपबिक्रमलाई लिन सकिन्छ तर उनीबाहेक धेरै दर्शक सामु परिचित कलाकार छैनन् । चलचित्र निर्माण टिमले पनि सन्नीले चलचित्रमा नृत्य मात्र गरेको भएता पनि प्रचारका लागी सन्नीकै नाम र तस्बिर अगाडी सारेको छ ।

‘‘एक गीतमा मात्र नाँचेकी सन्नीका लागी ३ करोड नेपाली रुपैंया दिइएको छ । निर्माण टिमले ‘पासवर्ड’को मुख्य कोडको रुपमा सन्नीलाई नै लिएको देखिन्छ अर्थात सन्नीले दर्शक तान्न सक्नेमा पुर्ण भरोसामा छ ।’’

‘पासवर्ड’को भर्खर मात्र सार्वजनिक पोष्टरमा पनि सन्नीकै तस्बिर हाबि देखिन्छ । झट्ट हेर्दा हलिउड चलचित्रको पोष्टर जस्तो देखिन्छ । महंगो रकम तिरेर बलिउडका कलाकारलाई नँचाउने तर फाइदा सुन्य देखियो भने तिनै निर्माताले अर्को नेपाली चलचित्र बनाउन सक्लान कि नाई भन्ने प्रश्न उठेको छ। एउटा चलचित्र निर्माण गर्न करोडौं लगानी गर्ने तर आधा रकम एउटै कलाकारलाई दिँदा चलचित्रको प्रचारमा फाइदा होला भन्न पुर्णरुपमा सकिदैन ।

बुझिए अनुसार एक गीतमा मात्र नाँचेकी सन्नीका लागी ३ करोड नेपाली रुपैंया दिइएको छ । चलचित्रमा सन्नीलाई हेर्नकै लागी नेपाली दर्शक हलसम्म ओइरियलान कि भन्ने निर्माण टिमको अनुमान छ । यसरी हेर्दा निर्माण टिमले ‘पासवर्ड’को मुख्य कोडको रुपमा सन्नीलाई नै लिएको देखिन्छ अर्थात सन्नीले दर्शक तान्न सक्नेमा पुर्ण भरोसामा छ ।

सम्रात बस्नेतले निर्देशन गरेको यो चलचित्रको एक पोष्टरमा रविन्द्र झा, बुद्धि तामाङ, प्रविण खतिवडा, लिशा सुनार, विक्रान्त बस्नेतलगायतका कलाकारहरुलाई पनि पोस्टरमा स्थान दिइएको छ । सौरभ लामाले खिचेको यो चलचित्रमा धिरेन शाक्य, परी राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्र हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा अजित के. थापा सह–निर्माताको रुपमा रहेका छन् ।