दर्शकको गालीले तनावमा साम्राज्ञी, भन्छिन् ‘घृणाबाट मुक्ती चाहान्छु’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

केही समयअघि दुइ चलचित्र ‘मारुनी र 'रातो टिका निधारमा’को छायांकन सकेर इन्डोनेशियाको बालीमा छुट्टी मनाउँन पुगेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमीसंगको इन्टिमेट तस्बिर सामाजिक संजालमा अपलोड गरेपछि तस्बिरले बिभिन्न टिक्का टिप्पणी सहनुपर्यो । तस्बिरले चर्को आलोचना खपेसँगै साम्राज्ञीलाई अडियन्स लगायत चलचित्रकर्मीहरुले प्राइभेट लाइफ सम्हाल्न नजानेको र एक स्थापित कलाकार भइसकेपछि कस्तो तस्बिर सार्वजनिक गर्न हुने र नहुने समेत ढंग नभएको भन्दै धेरै नराम्रो प्रतिकृया दिएका थिए ।

यस्तै प्रतिक्रिया देखेपछि उनी रिसाउँदै ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्किदै गर्छ’ भन्ने जस्ता टूक्का उनले इन्स्टाग्राममा लेखिन्। उनले यो आलोचना गर्ने दर्शक तथा चलचित्रकर्मी जोकोहीलाई पनि लक्षित गर्दै लेखेकी थिइन्। उनको यो स्टाटसले दर्शक भड्किएका छन् । भर्खरैमात्र सार्वजनिक भएको ‘मारुनी’को ट्रेलरको कमेन्टमा समेत दर्शकले साम्राज्ञीलाइ गाली गर्न छाडेका छैनन्। ट्रेलरबाट नायक पुष्प खड्काले भने दर्शकको वाहवाह पाएका छन्। यि सबैकुराले गर्दा अहिले आफूलाई निकै टर्चर भइरहेको साम्राज्ञी बताउँछिन् । एक तस्बिरले यत्रो हंगामा गरेको र अहिलेसम्म दर्शकले गाली गरेको देखेर आफू निकै तनावमा रहेको उनले बताएकी छिन्। फेरी साम्राज्ञीले इन्स्टाग्राममा अर्को भिडियो सार्वजनिक गरेकी छिन्। 'आफ्नो काम गर्न छोडी अरुको कुरा काटेर बस्ने र आफ्नो अमुल्य समय खेर फाल्नेहरुसँग म माफी चाहान्छु। एउटा फोटोमा यति धेरै घृणा किन ? 'भन्दैे उनले प्रश्न राखेकी छिन्। आफूलाई घृणाबाट मुक्ती चाहिएको भन्दै उनले पोष्ट गरेकी छिन्।