‘द ग्रेट पार्ट अफ ब्लू’बाट डेब्यू गर्दै सुहाना खान (पोष्टर)

मुम्बई,एजेन्सी ।

लामो समयदेखि बलिउडका किङ खान अर्थात शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा डेब्यू गर्ने चर्चा चलिरहेको थियो। अन्तत: उनले चलचित्रमा डेब्यू गर्ने पक्का भएको छ। उनले सर्ट मुभी मार्फत बलिउडमा डेब्यू गर्दैछिन्। 'द ग्रेट पार्ट अफ ब्लू’ नामक उक्त चलचित्रको पोस्टर सार्वजनिक भैसकेको छ । उक्त पोस्टरमा सुहाना देखिएकी छिन्। पहिलो पटक चलचित्रको पोष्टरमा आफ्नो तस्बिर देख्दा उनले खुशी ब्यक्त गरेकी छिन् ।

यस सर्ट मुभीलाई उनीसँगै अध्ययन गरेका थियोडोर जिमेनोले निर्देशन गरेका हुन्। यस मुभीमा रोबिन गोन्नेल्ला उनका सह कलाकार रहेका छन् । शाहरुख खान भने हाल बलिउडमा अस्ताउने क्रममा छन् । उनी अभिनित पछिल्लो चलचित्रले बक्सअपिसमा असफलता पाएसँगै उनी नयाँ चलचित्रमा हत्तपत्त हात हाल्ने मुडमा छैनन् । अब उनी छोरी सुहानालाई बलिउडमा प्रवेश गराउदैछन् ।