रामेछापमा उत्कृष्ट मोडल खोजि हुदै

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

पछिल्लो समय नेपालमा पनि धेरै नै सौन्दर्य प्रतियोगीता आयोजना भइरहेका छन्। युवावर्गको मोडलिङ तर्फको आकर्षण बढिरहेको पाइन्छ । यस्तै क्रममा अहिले जिल्लालाई केन्द्रित गरेर पनि सौन्दर्य प्रतियोगीता आयोजना भइरहेका छन्। यस्तैक्रममा रामेछापको सदरमुकाम मन्थलीमा ‘मोडल रामेछाप’ प्रतियोगिता आयोजना हुने भएको छ। कार्यक्रमरुको वारेमा मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी किङस्टार क्रियसन प्रिजेन्ट प्रा लिका निर्देशक सुमन खडकाले जानकारी गराए । खड्काका अनुसार उक्त प्रयोजनका लागि यहि साउन २७ गते सम्म मन्थलीमा आबेदन संकलन गरि त्यसपछि २८ देखि भदौ १४ गते सम्म सवै आवेदक हरुलाई तालिम दिने र उनिहरुको क्षमता र गुणस्तरका आधारमा केन्द्रिय स्तरको छनौट टोली ल्याएर  भाद्र १५ गते निष्पक्ष तरिकाले अन्तिम छनौट गरिने छ ।

किङस्टार क्रियसन प्रिजेन्ट प्रा.लि ले अयोजनामा  गर्न लागिएको उक्त प्रतियोगितामा  १४ देखि २८ बर्ष उमेर समुह का लागि  मिस्टर तथा मिस मोडल रामेछाप, ६ बर्ष देखि १३ बर्ष सम्म लिटिल मोडल रामेछाप, र जुनसुकै उमेर समुहका लागि तिज क्वीन रामेछाप सन्चालन गरिने छ । कार्यक्रममा भाग लिन चाहने हरुले क्रमश  मिस्टर तथा मिस मोडल का लागि  प्रति ब्यक्ति रु ५ हजार, त्यसैगरी लिटिल मोडल का लागि रु ३ हजार र तिज क्वीन का लागि रु २ हजार शुल्क बुझाई आबेदन फारम वुझाउने व्यवस्था संस्थाले मिलाएको जानकारी पनि सो अवसरमा गराईएको थियो। आफुहरु  जिल्लावासी भएको नाताले जिल्ला र आसपासका जिल्लाहरुमा छरिएर रहेका सवै खाले प्रतिभाहरुलाई अवसर दिलाउने उदेश्यले पनि कार्यक्रम गर्नका लागि रामेछापलाईनै छनौटगरेको पनि उनले वताए । छनौटमा परेका  हरुले पुन राष्ट्रिय तथा अन्तराट्रिय रुपमा भाग लिन सक्ने र त्यसका लागि आफुहरुले पनि सहजिकरण गरिदिने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । यसका लागि सबै क्षेत्रवाट सहयोग पाउने आशामा आफुहरु रहेको समेत उनिहरुले जानकारी गराएका थिए।