‘मेरो देशमा फेरी एउटा बुद्ध पठाइदेऊ’ गीत गाउँदा फसे अर्जुन

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

अहिले नेपाली गीतसंगीतको क्षेत्रमा कपिराइटका कुरा निकै उठिरहेका छन्। एकजनाको गीत अर्को सृष्टाको गीतसँग मिल्यो भन्ने र कपिराइटको उजुरी हाल्ने लहर नै चलेजस्तो भएको छ । केहिसमय अघिमात्रै निकै चर्चित लोकगीत गलबन्दीको कपिराइटको बिषयपनि निकै चर्कियो । यस्तै चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को एकगीतको बिषयले पनि राम्रो चर्चा पायो। पछिल्लो एकबर्ष यता कपिराइटका मुद्धालाई सृष्टाहरुले गम्भिरता पूर्वक उठाउन थालेका छन् । पुराना गीतसँग अहिलेका सृष्टाहरुका गीतसँग मिल्यो भन्दै गर्दा कति प्रतिशत प्रभावित हो त्यो र कतिसम्म छाड्ने भन्ने बहस अहिलेसम्म सृष्टाहरुमा चलिरहेको छ। यद्धपी यसको ठोस नियम कानून भने बनिसकेको छैन । यसैबिच पछिल्लो केहिदिन यता गायक तथा संगीतकार चेतन सापकोटा र सर्लाहीका अर्जुन दाहालको बिषय चर्किएको थियो । शुक्रबारबाट यो बिषयभने साम्य भएको छ ।बिषयमा प्रवेश गरौं, सामाजिक सञ्जाल फेसबुकमा हरिबन नगरपालीका ९, सर्लाहीका ४८ बर्षिय अर्जुन दाहालले ‘मेरो देशमा फेरी एउटा बुद्ध पठाइदेऊ’भन्दै टेबल ठटाउँदै गाएको गीत भाइरल बन्यो । उक्त भिडियोले मिलियन बढी भ्युज पायो । अर्जुनको स्वरको प्रसंसा भयो । भिडियो हेर्ने अधिकांश दर्शकले उनलाई गीत रेकर्ड गराउन सल्लाह पनि दिए । सामान्य परिवारका अर्जुन स्थानियक्षेत्रमा भजन किर्तन गाउँदै हिड्छन् । तर उनलाई रेडियो नेपालले स्वर परिक्षण पासको प्रमाणपत्र पनि दिइसकेको रहेछ ।

उर्लाबारी नगरपालीका ६ झापाका ‘युवा मन नेपाल’ नामक युट्युव सन्चालन गर्दै आएका किशोर श्रेष्ठले अर्जुनले गाएको उक्त गीत भाइरल बनेको देखेपछि गीत रेकर्ड गराइदिने भन्दै झापा बोलाए । आफ्नै गाडी भाडा हालेर झापा पुगेका अर्जुनले किशोरका अगाडी ‘मेरो देशमा फेरी एउटा बुद्ध पठाइदेऊ’ भन्दै गाएको गीत आफैले लेखेको र शब्द, संगीत पनि आफ्नो भन्दै दाबि गरे । गरिब परिवारका अर्जुनको प्रतिभा देखेरै किशोरले आफ्नो खर्चमा उक्त गीत रेडर्क गराइदिने बताए । अजुर्नपनि दंग थिए, बिगत ९ बर्षदेखी सडक सडकमा गाउँदै हिडेको गीत अब रेकर्ड हुने भयो भनेर । केहि दिनपछि गीत रेकर्ड भयो, किशोरले रेकर्डिङ रिपोर्ट बनाएर आफ्नो युट्युवमा हाले । जब एकैदिनमा लाख बढी दर्शकले उक्त रिपोर्ट हेरे, काठमाडौंबाट गायक तथा संगीतकार चेतन सापकोटाले देखे । चेतनलाई पनि अन्य साथीभाईले त्यो रिपोर्टको लिंक पठाइदिए । चेतन दंग भरे । आफूले ०६५ सालमा रेकर्ड गराएको गीत आफ्नो भन्दै कोहि ब्यक्तिले आफैलाई थाहै नदिई धन आर्जन गर्ने उद्देश्यले धमाधम रेकर्ड गराएको देखेपछि युट्युव च्यानल सञ्चालक किशोरलाई तुरुन्तै सम्पर्क गरे र कारबाही गर्नें चेतावनी दिए । त्यसपछि किशोर झन् अचम्मीत भए । अधबैशे प्रतिभावान ब्यक्तिको राम्रो स्वर देखेर सहयोग गरौं र सँगै केहि आर्जन पनि होला भनेर हतपत रेकर्ड गराउँदा फसे । गायक चेतनले उक्त गीतको भिडियो पनि बनाइदै छ भन्ने थाहा पाएपछि उनीहरु दुबैजना (किशोर र अर्जुन)लाई तुरुन्तै काठमाडौं बोलाए । लगातारको झरीका कारण तुरुन्तै आउन नसकेपछि उनीहरु लगभग तीनहप्ता पछि काठमाडौं आए ।

गायक चेतनले प्रहरी प्रभाग टेकुमा कपिराइटको उजुरी दर्ता गर्ने भन्दै संगीतकार संघका केहि पदाधिकारी, किशोर र अर्जुनलाई लिएर पुगे । प्रहरीले दुबैजनालाई सकेसम्म मिल्न सल्लाह दियो । युट्युव च्यानल सञ्चालक किशोरले आफूले अन्जानमा अर्जुनको बिश्वासमा गीत रेकर्ड गराएको र उक्त भिडियो युट्युवबाट हटाइदिने भन्दै माफि मागे । तर अर्जुनले भने गायक चेतनलाई यसभन्दा अघि नचिनेको र गाउँदै गर्दा केहि शब्द परिवर्तन गरी गाउँदै हिडेको बताए । उनले पनि माझि मागे । यता गायक चेतनले भने माझि मागेर मात्र नहुने र यो प्रवृति नै अन्त्य गर्नुपर्छ भनेर कानूनी कारबाहीमै जाने भन्दै अडान छाडेनन् । संगीतकार संघ नेपालमा बिहीबार बसेको लामो बैठकमा संघका संरक्षक लक्ष्मण शेष बिडारी, अध्यक्ष शान्तिराम राई, सचित बसन्त सापकोटा लगायतले चेतनसँग एकपटकलाई छाडिदिन र सानो कारबाही गर्न आग्रह गरे । अन्ततः चेतनले फेरी यस्तो गल्ति नदोहोरियोस् भन्दै गीत रेकर्ड गराउन युट्युव च्यानल सञ्चालक किशोरलाई सजाय स्वरुप रु. ५० हजार रुपैंया संगीतकार संघको कलाकार कल्याणकारी कोषमा जम्मा गर्न लगाए । जुन रकमले उनलाई अर्को पटक गल्ति गर्न झस्काउने चेतन बताउँछन् । चेतनले पछि अन्य केहि कलाकार साथीहरुको आग्रहमा मात्र २० हजार जरिवाना स्वरुप तिर्न लगाउने निर्णय गरेको बताए । ‘मैले जति पनि माग्न सक्थेँ, एक सृष्टाको सिर्जना प्रयोग गरेर पैसा कमाउने अधिकार कसैलाई हुँदैन तर उहाँहरुको अवस्था देखेरे सानो रकम भनेको हुँ त्यो पनि मेरो लागी होइन । कलाकार कल्याणकारी कोषका लागी हो । जसबाट दुखमा परेका कलाकारहरुकै हकहित हुनेगर्छ ।’ चेतन भन्छन् । ‘लाखौंमा पर्नुहुन्थ्यो, यस्तो गल्ति अरु कसैले पनि नगरुन भनेर उहाँहरुलाई पात्र मात्र बनाइएको हो । उहाँहरुलाई दुख दिने मेरो पनि मनशाय होइन ।’शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा किशोर र अर्जुनले माफि मागे र चेतनले उनीहरुलाई मात्र नभई कसैलाई पनि अबदेखी यस्तो गलत काम नगर्न चेतावनी दिए । साथै उनले आफ्ना अन्य गीत नेपालका चर्चित सृष्टाहरुले पनि कपि गरेको थाहा पाएको र छिट्टै नै कानुनी घेरामा ल्याउने चेतावनी दिएका छन् ।

साभार: हिमालय टाइम्स दैनिक