‘साइनो’लाई दर्शकको साथ

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

गएको शुक्रबारबाट एकसाथ ८० हलमा प्रदर्शनमा आएको चलचित्र ‘साईनो’ले हलमा दर्शकको मन जितिरहेको  । ‘ चलचित्रमा शुक्रबार र शनिबार दर्शकको राम्रै उपस्थिती देखियो । आइतबारबाट भने दर्शकको संख्या मध्यम छ । काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा अन्य मल्टिप्लेक्स हलमा समेत साइनोले राम्रो व्यापार गरेको छ। पछिल्लो समयमा नेपाली सिनेमा हेर्न दर्शक हलसम्म पुग्न कठिन भइरहेको अवस्थामा साइनो हेर्न राम्रै दर्शक उपस्थित भएपछि साइनोलाई निकै राहत मिलेको छ।

डिष्ट्रिब्युटर ब्यांकेटसका अनुसार साइनोले तीन दिनमा चलचित्रले देशभरबाट ७० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको छ। उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोड लगायतका स्थानमा पनि साइनोले राम्रो व्यापार गरेको छ। डिष्ट्रिब्युटर ब्यांकेटसका अनुसार साइनोको व्यापार उत्साहजनक छ । यसअघि ‘साइनो’ हेर्न पुगेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल,  चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराई लगायतले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए।

नेपाली चलचित्रक्षेत्रकी पहिलो नायिका भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्र चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो। रमेश थापाद्धारा निर्देशित चलचित्र ‘साइनो’मा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका अन्य कलाकारहरुको अभिनय छ । शरण थापा कार्यकारी निर्माता रहेको साइनो अभिमन्यु निरबीले लेखेका छन्। अहिले यो चलचित्र देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको छ।