टेकु प्रहरीले निकिताको जाहेरी लिन मानेन !

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका चर्चित रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न टेकु प्रहरीले अस्वीकार गरेको छ । लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने पछि पौडेलले आजै बबरमहलस्थित सरकारी वकील कार्यलयबाट जाहेरी दिने तयार गरेकी छिन्। लामिछानेकी श्रीमति निकिता पौडेलले बुधबार दिउँसो महानगरीय प्रहरी परिसर टेकु पुगेर दिएको उजुरी काठमाडौं प्रहरीले अस्वीकार गरेपछि सरकारी वकील कार्यलय बाट जाहेरी दिने तयारी भईरहेको हो । पौडेलले अनुसन्धानमा रहेको पत्रकार सालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी थिइन् ।

तर प्रहरीले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । गएको साउन २० गते चितवन भरतपुरको कंगारु होटलमा पत्रकार पुडासैनी झुण्डीएको अवस्थामा भेटिएपछि अध्यायन गर्दा पुडासैनीको मोवाएलमा लामिछाने सहित ३ जनाको नाम लिएपछि तीनै जनालाई प्रहरीले गएको बिहीबार प्रहरीले पक्राउ गरी चितवन हिरासदमा राखेको छ । पहिलो पटक तोकिएको समय मंगलबार सकिएपनि थप अध्यायन गर्नुपर्ने भन्दै पुन म‌गलबार बाट लागु हुनेगरी ५ दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।