‘मिशन मंगल’ले बनायो अक्षय कुमारको अर्को नयाँ रेकर्ड

मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘मिसन मंगल’ले प्रर्दशनको ६ दिनमै १ सय १४ करोडको व्यापार गर्न सफल भएको छ। यसरी बलिउड बक्स अफिसमा आक्रमक व्यापार गर्दै यस चलचित्रले नयाँ रेर्कड कायम गरेको छ।  भारतको सार्वजनिक बिदाको दिन अगष्ट १५ मा प्रर्दशनमा आएको यस चलचित्रले अक्षयकुमारको करिअरलाई निकै माथि उकासेको छ। ‘मिसन मंगल’ अक्षयको अहिलेसम्मकै छिटो समयमा सय करोड क्लबमा पुग्ने चलचित्र बनेको छ। अक्षयको अघिल्लो चलचित्र 'केशरी'ले दुई सातामा यो कमाई पुरा गरेको थियो ।

प्रर्दशनको पहिलो दिन बिहिबार २९ करोड १६ लाखको व्यापार गरेको चलचित्रले भोली पल्ट शुक्रबार १७ करोड २८ लाखको मात्र व्यापार गरेको थियो। शनिबार भने २३ करोड ५९ लाख व्यापार गर्यो । त्यसैगरी चलचित्रले आइतबार २७ करोड ५४ लाख, सोमबार ८ करोड ९२ लाख र  मंगलबार ७ करोड ९२ लाख कमाएको छ। बुधबारसम्म व्यापारलाई निहाल्दा चलचित्रले १ सय २५ करोड हाराहारीमा व्यापार गरेको देखिन्छ । यस अघि अक्षय कुमारको चलचित्र '२.०' ले पनि ५ दिनमा सय करोड कलेक्सन गरेको थियो भने 'टवाइलेट एक प्रेम कथा'ले ८ दिनमा र 'रुस्तम'ले ९ दिनमा सय करोड कलेक्सन गरेको थियो ।

‘मिसन मंगल’अक्षयका अलावा सोनक्षी सिन्हा, तापसी पन्नु, कीर्ति कुल्हारी,  विद्या बालन, नित्या मेनन, शरवन जोशी लगायतले अभिनय गरेका छन्। जगन शक्तिले निर्देशन गरेको चलचित्र होप प्रोडक्सन, फक्स स्टार स्टुडियो र केप अफ गुड फिल्म्सले निर्माण गरेका हुन्।