प्रभासको पारिश्रमिक सय करोड?

मुम्बई,एजेन्सी ।

साउथ अभिनेता प्रभासले जब ‘बाहुबली’ चलचित्रमा काम गरे उनको चर्चा शिखरमा पुग्यो । उनलाई थुप्रै चलचित्रको अफर आयो । उनको पारिश्रमिक पनि आकाशियो । धेरैलाई जिज्ञासा हुनसक्छ एक चलचित्रमा अभिनय गरेको प्रभासले कति पारिश्रमिक लिन्छन् होला ? प्रभास अभिनित ‘साहो’ प्रदर्शनमा आउने तयारीमा छ । अहिले बलिउडमा उनले  साहोका लागी लिएको पारिश्रमिको चर्चा चल्न थालेको छ । प्रभासले साहोको लागि १०० करोड पारिश्रमिक लिएको बताइएको छ । यद्दपि यसको पुष्टि भने भएको छैन ।

उनले अन्य चलचित्र निर्माताहरुले पनि महंगो पारिश्रमिक दिएर अफर गरेको बुझिएको छ । यसअर्थमा पनि साहोका लागी उनले सय करोड लिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । साहोमा प्रभासको साथमा अभिनेत्री श्रदा कपूर मुख्य भूमिकामा छिन्। सुजितले निर्देशन गरेको फिल्म साहोलाई बलिउडको यो वर्षकै बहुप्रतिक्षित चलचित्रको रुपमा लिइएको छ । प्रभास साहोमा पुलिस अफिसरको भूमिकामा देखिदै छन् । साहोको सुटिङ हिन्दी, तमिल, मलयालम र तेलेगु लगायतका विभिन्न भाषामा गरिएको छ। साहो ३० अगस्टदेखि रिलिज हुँदैछ।