निर्माता गोविन्द शाहीलाई अझै २ दिन हिरासतमा राख्न जिल्ला अदालतको आदेश

आर्टिष्ट खबर/भदौ,काठमाडौं ।

गएको बुधबार महानगरीय अपराध महाशाखा टेकुले ‘लिलिबिली’का निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागी दुईदिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । तर जिल्ला अदालतले फेरि दुई म्याद थप गरेर शाहीलाई हिरासतमा राख्न अनुमति दिएको छ। चलचित्र ‘लिलिबिली’को हिसाब–किताब नदेखाएको भन्दै निर्माता तथा निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले गएको एक वर्ष अगाडि निर्माता शाहीविरुद्ध महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा बुधबार उनलाई महानगरीय अपराध महाशाखा टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले पक्राउ गरे लगत्तै अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत पुर्याएको थियो । निर्माता शाही ‘लिलिबिली’ का निर्मातासँगै वितरक पनि हुन्। उनलाई प्रहरीले अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा पक्राउ गरेको हो । चलचित्र ‘लिलिबिली’ बाट प्राप्त ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ (शेयर)लुकाएको भन्दै निर्माता शाहीविरुद्ध टेकुमा निर्माताद्वय मिलन र सुदीपले उजुरी दिएका थिए । हाल उनी महानगरीय अपराध महाशाखा टेकुमा छन् ।