‘हिमालय रोडिज’ तेस्रो सिजनको अडिसन भदौ २८ बाट शुरु

आर्टिष्ट खबर/भदौ,काठमाडौं ।

केही दिनअघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको हिमालय रोडिजको तेस्रो सिजन शुरु हुने बारे जानकारी दिइएको छ। एड्भेन्चर रियालिटी शो हिमालय रोडिजले यस अघि दुई सिजन सफलता पूर्वक समापन गरिसकेको छ । यस वर्षको लागि ५ शहरमा अडिसन गर्ने बताइएको छ। भदौ २८ गते धरानबाट अडिसन सुरु हुनेछ । भदौ ३१ गते चितवन, असोज ३ गते नेपालगञ्ज, असोज ६ गते पोखरा र असोज ९ गते काठमाडौंमा अडिसन हुनेछ। सिजन ३ मा नयाँ चुनौती, नयाँ ढाँचा, नयाँ अनुहार एवं नयाँ शैलीको खेल हुने निर्देशक अमनप्रताप अधिकारीले बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘पहिलो र दोस्रो सिजनले हामीलाई धेरै सिकाएको छ । अब भने हामीले सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौँ । प्रतिष्पर्धीमात्र नभएर ग्याङ लिडर पनि चूतौतीपूर्ण रुपमा खेलमा सहभागी हुनेछन् ।’ पहिलो र दोस्रो सिजनमा तीन जना जज थिए । तर, यस सिजनमा भने चार जना टिम लिडर रहेका छन् । पहिलो र दोस्रो सिजनमा जज बनेका रेमनदाश श्रेष्ठ यस सिजनमा होस्ट बन्नेछन्। ग्याङ लिडरमा भने दुई सिजनका जज आशिस राना ‘लाउरे’ र दीया मास्के रहेका छन् । ग्याङ लिडरमा पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही थपिएका छन् ।