‘मिस्टर नेपाली’ गीत: आफ्नै विवाहमा नाँचे भुवन (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

कात्तिक २९ गतेबाट प्रर्दशनमा उत्रिन लागेको चलचित्र ‘मिस्टर नेपाली’को ‘नाँचौ छम्मा छम्मा’ बोलको गीत सार्वजनिक गरिएको छ। निर्माण टीमले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीत सँगै चलचित्रको प्रर्दशन मितिपनि सार्वजनिक गरेका हुन् । देवचुली फिल्मस्को युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता भूवन केसी, अभिनेत्री रीमा विश्वकर्मा, नव-अभिनेता साहिल श्रेष्ठ, कुसुम राउत,बिष्णु सापकोटा, कमलमणी नेपाल र बिष्णु सापकोटा लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ। अभिनेता भुवन दुलहाको भेषमा र अभिनेत्री रीमा विश्वकर्मा दुलहीको भेषमा मण्डपमा विवाह गरिरहेको गीतमा मिलन लामा र रीता केसीको स्वर, सुभाष भुषालको संगीत र देव भुषालको शब्द छ। भूवन केसीको भने चलचित्रमा दोहोरो भूमिका रहेको छ। उनले चलचित्रमा छोरा र पिता गरि दुई भूमिकामा रहेको गीतले प्रष्ट पारेको छ ।

‘मिस्टर नेपाल’देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेका हुन्। राष्ट्रियता र प्रेमको कथा वाचन गर्ने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, देव भुषालले निर्देशन, भुषालकै लेखन तथा पटकथा र निरज कँडेलको छायांकन छ। निर्देशक भुषालले चलचित्रले राष्ट्रियताको अर्थ  पहिरनले झल्काउँदैन भन्ने  सन्देश दिएका छन्।

song: