कथाले मागेपछि सुरक्षाले गरिन् कपाल मुण्डन

मुम्बई,एजेन्सी ।

अभिनेत्री सुरक्षा पन्त हाल चलचित्र 'आमा’ को छायांकनमा व्यस्त छिन्। ‘पशुपति प्रसाद’का निर्देशक दीपेन्द्र के.खनालद्दारा निर्देशित यो चलचित्रमा उनले अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिका निर्वाह गर्नेछिन्। फरक भूमिका निभाउन चाहाने उनले यस चलचित्रका लागि कपाल मुण्डन गरेकी छन्। चलचित्रकालागि भनेरै उनले पहिलो पटक कपाल मुण्डन गरेकी हुन्। यसअघि चलचित्र  ‘जाइरा’मा कथाको माग अनुसार अभिनेत्री नम्रता श्रेष्ठले कपाल मण्डन गरेकी थिइन्। सुरक्षाले बताएअनुसार यस चलचित्रको कथाले पनि मुण्डन मागे गरेपछि उनले कपाल मुण्डन गरेकी हुन्।

आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित यस चलचित्रको क्यारेक्टरको गहिराइमा डुबेर उनले बर्षैबर्ष देखि स्याहार्दै आएको कपाल मुण्डन गरेकी हुन्। उनले हरेक चलचित्रका लागि आफुले गर्न सक्ने हरेक कदम उठाएकी हुन्छिन् । तर उनले अभिनय गरेको चलचित्र कुनैले पनि बक्सअपिसमा राम्रो ब्यापार भने गर्न सकेको अवस्था छैन। तर उनको अभिनयले भने निकै चर्चा पाउने गरेको छ। निर्देशक खनालको यो सोलस ड्रामा प्रोजेक्टबाट उनी आफु निकै आशावादी भएको बताउँछिन्। यो चलचित्र आफ्नो करिअरकै कोषे ढुङ्गा हुने निर्देशक खनाल बताउँछन्। चलचित्र पानी परेको बेला खिच्नुपर्ने भएकाले धैर्यता गर्न कलाकार तथा प्राविधिकहरुलाई आग्रह गरेका छन्। चलचित्रमा मिथिला र सुरक्षा र सरिता गिरीको पनि मुख्य भूमिका रहेको छ। शर्मिला पाण्डेको लगानीमा बनिरहेको ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ।