साम्राज्ञी ‘रातो टिका निधारमा’की शिक्षिका

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

मंगलवार चलचित्र ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक भएसँगै यस चलचित्रमा मुख्य पात्रको रुपमा रहेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको भूमिका पनि सार्वजनिक भएको छ। उनले पहिलो पटक गाउँकी एक शिक्षिकाको भूमिका निर्वाह गरेकी छिन्। यो भन्दा अघि साम्राज्ञी यस्तो भूमिकामा देखिएकी थिइनन्। यस्तै नायक अंकित बैदेशीक रोजगारीमा पठाउने एजेन्टको रुपमा देखिएका छन्।

अशोक शर्माले निर्देशन गरेको यो चलचित्रका नायक अशोककै छोरा हुन्। अंकितको यो पहिलो चलचित्र हो। चलचित्रमा अंकित र साम्राज्ञीसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रको निर्माण गरेका हुन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याकाण सिंहको संगीत छ। चलचित्रमा दुईदशक अघिको हिट चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टीका निधारमा’कलाई रिएरेन्ज गरेर राखिएको छ। चलचित्रको नाम पनि यसैगीतबाट लिइएको छ। त्यसैले पनि दर्शकमा चलचित्र मस्तिष्कमा राख्न थप सहज हुने अनुमान गर्न सकिनेछ।

गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन्। चलचित्रका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि  मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति चलचित्रकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङले सम्पादन गर्ने यो चलचित्र असोज १० गतेबाट प्रदर्शनमा आउँदैछ।