हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

चित्रकार हरिप्रसाद शर्माको तेस्रो एकल चित्रकला प्रदर्शनी हुने भएको छ । कला, सम्पदा, संस्कृति, शहर र जनजीवनका ऐतिहासिक विषयमा चित्रकला बनाउँदै आएका ८२ बर्षिय हरिप्रसादले यहि भदौ २० गतेदेखि नेपाल कला परिषद्मा प्रदर्शनी गर्दैछन् । उनले बिशेषगरी काठमाडौँको प्राचिन र मध्यकालीन इतिहासलाई क्यानभासमा प्रस्तुत गर्ने गर्छन् ।

‘इतिहासको गर्भमा रहेका पात्र, पर्व, संस्कृति, सहरी जनजीवनलाई कलाको माध्यममा प्रस्तुत गर्दै आएको छु । मेरा सिर्जना बेच्न होइन, देखाउन चाहन्छु ।’ हरिप्रसादले भने । ‘म कृति बेच्न होइन, बनाउन मन पराउँछु । इतिहासका घटना, परिवेश, पात्र, जनजीवन र संस्कृतिलाई चित्रमा जिवन्त बनाउन चाहन्छु ।’

उनले आफ्ना सिर्जनाका रुपमा रहेका चित्रकलालाई राधाकुटी कला ग्यालरीमा सजाएर राख्ने योजना रहेको बताए । विषयवस्तु छनोट, ऐतिहासिक सन्दर्भ सामगी्रको खोजी र घण्टौंसम्म मोडलको रुपमा हाउभाउ प्रदर्शन गर्दै बसिदिने छोराबुहारीको सहयोगलाई हरिप्रसादले सम्झिन्छन् । उनी भनछन् ‘मेरा चित्रका पहिलो समीक्षक छोराबुहारी नै हुन् । उनीहरुको सहयोग र प्रेरणाले नै यो बुढ्यौली उमेरमा हात कमाउँदै ब्रस उचाल्दै छु ।’