‘आइएमई नेपाल लोक स्टार’मा उत्कृष्ट १०को प्रतिस्पर्धामा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाली मौलिक लोक गीतको क्षेत्रको पहिलो गायक रियालिटी शो ‘आइएमई नेपाल लोक स्टार’मा उत्कृष्ट १० प्रतियोगीको सांगीतिक प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगीहरु बिनोद दनुवार (उदयपुर), चेतन गोतामे (स्याङजा), दीपेन्द्र राइ (भोजपुर),मुना अर्याल (चितवन), पबिन्द्र सुनार (बाजुरा), प्रभुराज पाण्डे (बाजुरा), रामकुमार नेपाली (रामेछाप), रविराज शाह (सर्लाही), शनि विश्वकर्मा (रोल्पा) र सुशिल आचार्य (अर्घाखाँची) उत्कृष्ट १० मा परेका छन् । ७ प्रदेशका मुख्य सहरहरु धनगढी, सुर्खेत, बुटवल, जनकपुर, इटहरी, पोखरा र काठमाडौंमा भएका अडिसनबाट ३५० जना प्रतिस्पर्धीहरु छनोट भएका थिए । छनोट भएका ३५० प्रतिस्पर्धीमध्ये १०९ जनाले निर्णायक अडिसन प्रवेश गरे, जसमा निर्णायकहरुले शीर्ष २५ प्रतिस्पर्धीहरु छनोट गरेका थिए । कार्यक्रममा टप २५, टप २०, टप १६ हुँदै टप १० प्रतियोगीहरुबीच प्रतिस्पर्धा हुन लागेको हो।

उक्त रियालिटी शोमा कुल ३६ शृंखला निर्माण गरिने आयोजकले जानकारी दिएको छ । आफ्नै मौलिक संगीतलाई अन्तर्रा्ष्ट्रिय ढाँचामा ढाली नेपाली ब्राण्डमा बनेको शोमा करिब १० करोड रुपैयाँ लागत रहेको छ ।  प्रत्येक बिहीवार र शुक्रवार बेलुकी ८स्३० बजे एपी वन एचडी र डिशहोम रमाइलोमा प्रसारण भइरहेको आइएमई नेपाल लोक स्टारको प्रथम पुरस्कार ५० लाख, द्वितीय पुरस्कार २५ लाख रहेको र तृतीय पुरस्कार १० लाख रुपैयाँ रहेको छ । साथै तिनै विजेताहरुलाई एल्बमको कन्ट्रयाक्टको व्यवस्था पनि रहेको छ। कार्यक्रमका निर्णायकहरु सुनिता दुलाल, जयनन्द लामा, रामजि खाँड र बि.बि. अनुरागी रहेका छन् ।पछिल्लो समय गायन बिधाका रियालिटी शो नेपालमा बढ्दै गएका छन् । मौलिक लोकगीतको क्षेत्रमा यो शो पहिलो भएपनि नेपाल आइडल, द भ्वाइस जस्ता अन्तर्राष्ट्रिय शोले नेपाली बजारमा राम्रै छाप पारेका छन्।