‘चलचित्र पत्रकारिता कार्यशाला’ आज सम्पन्न हुने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।</span></pre><p>बुधबारबाट शुरुभएको&nbsp;तीन दिने ‘चलचित्र पत्रकारिता कार्यशाला’ आज अर्थात शुक्रबारसम्म चल्ने छ।&nbsp;&nbsp;पोखरमा चलचित्र पत्रकार संघ, नेपालको आयोजनामा गरिएको तीन दिने पत्रकारिता कार्यशाला आज&nbsp;समापन हुनेछ । नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित कार्यशालाको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले गरेका थिए । कार्यशाला चलचित्र पत्रकार संघले पोखरा शाखा र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना गरेको&nbsp;थियो । कार्यक्रममा मन्त्री विकास लम्सालले ‘पर्यटन वर्ष २०२०’लाई ‘चलचित्र पत्रकारिता कार्यशाला’ले सहायक भूमिका खेल्नेमा विश्वास व्यक्त गरेका थिए । फिल्म मार्फत देशको पर्यटन प्रवद्र्धनमा निकै ठूला भूमिका रहेको उल्लेख गर्दै उनले भने,‘पर्यटनलाई टेवा पुर्याउनका लागि यस्ता कार्यशाला तथा गोष्ठीहरुको निकै ठूलो भूमिका रहेको बताए ।</p><p>कार्यशालामा पत्रकार आचार संहिता, निश्पक्ष पत्रकारिता , मिडिया सम्बन्धि कानुन, चलचित्र, समिक्षा, डिजिटल पत्रकारिता, चलचित्र पत्रकारिता, पर्यटन, फोटो तथा मल्टिमिडिया लगायत बिषयमा प्रशिक्षण राखिएको चलचित्र पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष सन्दीप सापकोटाले बताएका थिए । उनले कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। कार्यशालाका लागि राजधानीबाट ८० जना र चितवन , हेटौडा लगायत साखाबाट १० बढी पत्रकारहरु पोखरामा पुगेका थिए ।</p>