‘भद्रगोल’का कलाकार अब नयाँ सिरियलमा, नाम ‘सक्की गो नी’?

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्य टेलिशृंखला ‘भद्रगोल’ गएको शुुक्रबारबाट मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ प्रसारणमा आयो। तर नयाँ ‘भद्रगोल’ युट्युवमा अपलोड गरिएसँगै ९५ प्रतिशत नकारात्मक प्रतिक्रिया आएका छन् भने लाइक भन्दा बढी डिसलाइक आएको छ। नयाँ कलाकार र नयाँ टिमबाट 'भद्रगोल' प्रसारणमा आएसँगै पुरानो टिमले हात झिकेको थियो। निर्माण कम्पनी मिडिया हवसँगको आर्थिक मामिलामा कुरा नमिलेपनि भद्रगोलका सम्पुर्ण कलाकारहरु मिडियाहवबाट अलग्गिएका हुन्। भद्रगोलका दुई निर्देशक कुमार कट्टेल ‘जिग्री’ र केदार घिमिरे ‘पाँडे’लगायतको टोलीले पारिश्रमिक र कपीराइट विवाद चुलिएपछि मिडिया हबले निर्माण गर्दै आएको भद्रगोल छाडेका थिए । यो टिमले भद्रगोल नामको राइट्स आफुहरुसँग हुनुपर्ने र युट्युवको अधिकारको केहि अंश आफूहरुको हुनुपर्ने माग राख्दै आएका थिए । तर मिडियाहवले भद्रगोल नाम निर्माण कम्पनीकै हुनेमा अडान राखेको छ । यसैकारण अहिले ‘जिग्री’ र 'पाँडे' लगायतको कलाकारहरुको टिमले नयाँ शृंखला ल्याउने निर्णय गरेको छ ।

नेपाल टेलिभिजनबाटै हरेक बिहीबार प्रसारण हुने भन्दै समय पनि तोकेको छ। टोलीले नयाँ सिरियल असोज २ गते बिहिबारबाट प्रसारणमा आउने जनाएको छ। श्रोतका अनुसार सिरियलको नाम ‘सक्की गो नी’ राखिएको छ। तर  आधिकारिक घोषणा भने भएको छैन। ‘टिम त्यही, थिम त्यही, तर फरक नाममा’ लेखेर कलाकारहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बुझिए अनुसार यो टिमले आउँदो बुधबार पत्रकार सम्मेलन गरी थप जानकारी दिनेछन् ।यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । सामाजिक सञ्जालमा अपलोड गरिएको पोष्टरमा शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि राखिएको छ।  यसअघि यी दुईकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नमिल्दा टिमभन्दा बाहिर काम गर्दै आएका थिए।अहिले 'भद्रगोल' कलाकार ज्योती काफ्ले र अशोक धितालले निर्देशन गर्दै आएका छन्। गएको शुक्रबार प्रसारण भएको भ्रदगोलमा धेरै नयाँ कलाकार देखिन्छन्।