‘एक भिलेन’को सिक्वेलमा जोनलाई अफर, कुन अवतारमा देखिएलान्?

मुम्बई,एजेन्सी ।

सन् २०१४ मा प्रर्दशनमा आएको लभ स्टोरी चलचित्र ‘एक भिलेन’को सिक्वेल बन्ने भएको छ। उक्त चलचित्रकालागि बलिउड अभिनेता जोन अब्राहमलाई अफर गरिएको भारतिय मिडियाले जनाएको छ। एक्सन चलचित्रमा जम्ने अब्राहमलाई लभ स्टोरी चलचित्रको अफर आएको छ। उनले चलचित्रको एक हरफ कथा पढिसकेका छन् र कथा निकै मनपराएका छन्। मोहित सुरीको निर्देशनमा बन्ने यस चलचित्रमा उनलाई  मोहितले अफर गरेका हुन् ।

अब उनले चाँडैनै यस चलचित्र साइन् गर्ने मिडियाको भनाइ छ। मोहित सुरीकै निर्देशन रहेको ‘एक भिलेन’ले भारतको बक्सअपिसमा राम्रो ब्यापार गरेको थियो। चलचित्रमा विषेशगरी रितेश देश्मुखको नेगेटिभ क्यारेक्टर बढी रुचाइएको थियो भने मेन क्यारेक्टर भिलेन अर्थात सिद्दार्थ मल्होत्राले राम्रो अभिनय गरेका थिए। दर्शकले चलचित्र निकै रुचाएका थिए।

‘एक भिलेन’मा सिद्दार्थको जोडीको रुपमा अभिनेत्री श्रद्दा कपूरले अभिनय गरेकी थिइन् । यसको सिक्वेलमा भने जोन कुन क्यारेक्टरमा देखिन्छन् भन्ने बारे खुलाइएको छैन। जोन अहिले देशभक्ति चलचित्रमा लागिपरेका छन् । पछिल्लो समय उनको चलचित्र 'वाट्ला हाउस'ले निकै दर्शकलाई हलसम्म तानेको थियो। 'वाट्ला हाउस'मा उनी एक पुलिस अफिसरको भूमिकामा रहेका थिए। चलचित्रमा उनको दमदार एक्सनलाई दर्शकले निकै मनपराएका थिए। चलचित्र निकै सफल बनेको थियो।