कुमारीपाटीमा ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

पछिल्लो समय बुटिकको क्रेज बढ्दै गइरहेका बेला ललितपुरस्थित कुमारीपाटीमा नयाँ बुटिक ‘त्रिदेवी फेसन हाउस’ सञ्चालनमा आएको छ । फेसन डिजाइनरत्रय दिलमाया मगर, दीपा केसी र संगी आचार्यले सञ्चालनमा ल्याएको उक्त फेसन हाउसको बुधबार एक समारोहबीच पुर्वमिस नेपाल सुगारिका केसी,र्यापर तथा गायक गिरिश खतिवडा र ब्युटिसियन निलम केसी संयुक्तरुपमा उद्घाटन गरे। कार्यक्रममा पूर्वमिस नेपाल केसीले नेपाली बजारमा फेसन क्रेज बढिरहेका बेला नयाँ सोच र उद्देश्यका साथ ‘त्रिदेवी फेसन हाउस थपिएकामा खुसी व्यक्त गरिन् । उनले भनिन, ‘यो फेसन हाउस फेसन पारखीहरुका लागि रोजाई बन्न सकोस्, शुभकामना छ ।’

उद्घाटनपछि डिजाइनरमध्ये दीलमाया मगरले त्रिदेवी फेसन हाउसमा बजार चलेको विविध खाले पहिरन तयार गर्ने बताउँदै भनिन्, ‘हामीले विशेषगरी वेडिङ गाउनलाई प्राथमिकता दिनेछौँ ।’ उनले आफूहरुको कसैसँग प्रतिस्पर्धा नहुने पनि बताइन् । पछिल्लो समय बुटिक जोन बन्दै गएको कुमारीपाटीमा सञ्चालनमा आएको ‘त्रिदेवी फेसन हाउस’ सम्भवतः सबैभन्दा ठूलो बुटिक हो । फेसन डिजाइनरत्रयले फेसन बजारको प्रतिस्पर्धामा आफूहरुले सर्वशुलभ मूल्यमा स्तरिय पहिरन तयार गर्ने बताएका छन्। डिजाइनरत्रयले हालैमात्र इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी)बाट एड्भान्स डिप्लोमा कोर्षको अध्ययन पूरा गरेका हुन् । बागबजारस्थित ‘आईआईएफटी’का विद्यार्थीद्वारा सञ्चालनमा ल्याइएको यो पछिल्लो बुटिक हो । यसअघि आईआईएफटीका विद्यार्थीले राजधानीका विभिन्न स्थानमा बुटिक सञ्चालन गरिसकेका छन्।